मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |

धन्वन्तरी संस्थानले मनायो जडीबुटी रोपेर राष्ट्रिय धान दिवस

देश प्रदेश डेस्क 5185+ समाचार ( )
१५ आषाढ २०८२, आइतबार

झापा / काठमाडौंको नयाँ बानेश्वरस्थित धन्वन्तरी आयुर्विज्ञान अध्ययन संस्थानले जडीबुटी रोपेर धान दिवस मनाएको छ ।

एक विशेष कार्यक्रम आयोजना गरी करिब ३० प्रकारका बहुमूल्य औषधिजन्य जडीबुटी रोपिएको कलेजका शैक्षिक संयोजक डा. मुक्तराज लामिछानेले जानकारी दिए ।

धान रोपेर मनाइने यो दिवसमा यस संस्थानले जडीबुटी रोपण गरी आयुर्वेदको महत्वलाई उजागर गरेको उनले बताए ।

लामिछानेका अनुसार यो पहलले आयुर्वेदिक जडीबुटीको संरक्षण, प्रवर्द्धन र उपयोगिताबारे चेतना फैलाउने उद्देश्य राखेको छ । ‘हाम्रो समाजमा जडीबुटीको महत्वलाई बिर्सिंदै गएको अवस्थामा यस्ता कार्यक्रमले विद्यार्थी र समुदायलाई आयुर्वेदप्रति आकर्षित गर्नेछ’ लामिछाने भन्छन् ।

कार्यक्रममा शिक्षक, कर्मचारी र विद्यार्थीको उत्साहपूर्ण सहभागिता रहेको उनले जानकारी दिए ।

यो संस्थानमा तीनवर्षे आयुर्वेद डिप्लोमा कोर्स सञ्चालन हुँदै आएको छ, जसले विद्यार्थीहरूलाई आयुर्वेद चिकित्सा र औषधिजन्य जडीबुटीको अध्ययनमा विशेषज्ञता प्रदान गर्छ ।

यो कार्यक्रमले विद्यार्थीहरूलाई जडीबुटीको व्यावहारिक ज्ञान प्रदान गर्नुका साथै उनीहरूलाई प्रकृतिसँग जोड्ने अवसर दिएको कलेजका प्राचार्य डा. अमृत भण्डारीले बताए ।

‘हामीले रोपेका यी जडीबुटीहरू भविष्यमा औषधिको रूपमा प्रयोग हुनेछन् र हाम्रा विद्यार्थीहरूले यिनको महत्व प्रत्यक्ष अनुभव गर्न पाउनेछन्’ भण्डारीले भने । कार्यक्रममा रोपिएका जडीबुटीहरूमा विभिन्न रोगको उपचारमा प्रयोग हुने अमला, बर्रो, बेल, एलोबेरा, तेजपात र रोजमेरी जस्ता महत्वपूर्ण प्रजातिहरू रहेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार