मुख्य समाचार
पूर्वी झापाका ६ पालिका गाभेर महानगर बनाउन कति सम्भव ? | सेवा प्रवाह सुधार्न गृह मन्त्रालयको कडाइ, सबै जिल्ला प्रशासनमा एकद्वार प्रणाली अनिवार्य | ताप्लेजुङमा पन्छीजन्य वस्तु आयातमा पूर्ण प्रतिबन्ध | सिरहाका मेयरको अभद्र व्यवहार मुद्दा अंगभंगमा परिणत, उनी अझै फरार | कसैलाई पनि गल्ती स्वीकार्य हुँदैन : गृहमन्त्री सुदन गुरुङ | झापाकाे भद्रपुरमा भव्य सिरुवा पावनी मनाइयाे | निर्माण उद्योग ठप्प हुने स्थितिमा, निर्माण उद्योगमा 'आपतकाल' घाेषणाकाे माग | भारतबाट उपभाेग्य बस्तु खरिदमा कडाइः एक सय रुपैयाँ भन्दा माथि भन्सार नीति कति व्यवहारिक? | जनताको दुःख बुझ्न मैदानमा सांसद: झापाका सरकारी कार्यालयमा अनुगमन | झापाको भद्रपुरमा ‘प्रथम फर्कियो जोवन भेट्रान्स कप’ फुटबल प्रतियोगिता हुने |

भारतमा नयाँ भेरियन्टको कोरोना देखिएको पुष्टी भएपनि नेपाल सरकारले भन्याे डराउनु पर्दैन

देश प्रदेश डेस्क 5084+ समाचार ( )
५ पौष २०८०, बिहीबार

झापा दक्षीणी भारतको केरला राज्यमा देखिएको कोरोना भाईरस नयाँ भेरियन्ट भएको विश्व स्वास्थ्य संगठनले पुष्टी गरेको छ । भारतको केरलामा एक हजारभन्दा बढी मानिस नयाँ प्रकारको भेरियन्टको कोरोना भाइरसबाट संक्रमित भएको भारतिय सञ्चारमाध्यमहरुले जनाएका छन । गत शनिबार एकै दिन कोरोना संक्रमणकै कारण केरलामा तीन जनाको मृत्यु भएको थियो ।यता भारतमा देखिएको कोरोना भाइरसबाट डराउनु नपर्ने नेपाल सरकारले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतको केरलामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टको सङ्क्रमणबाट नआत्तिन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नेपालको सीमाभन्दा टाढा केरला राज्यमा देखिएको सङ्क्रमणबाट डराउन नपर्ने बताए ।  भारतमा देखिएको सङ्क्रमण श्वासप्रश्वाससम्बन्धी रहेकोले आत्तिनुपर्ने अवस्था नरहेको बताए । अहिले भारत र चीनमा श्वासप्रश्वास समस्या बढिरहेको बताए । बुढाथोकीले कोरोनाका बेला तयार गरिएको सघन उपचार कक्ष (आइसियु), अक्सिजनलगायत भौतिक पूर्वाधार आवश्यक परेका बेला प्रयोग गर्न सकिने बताए । 

 “अहिले देखिएको नयाँ भेरियन्ट नयाँ भए पनि नयाँ लक्षण यसमा छैन । त्यही श्वासप्रश्वास सम्बन्धी नै लक्षण अहिलेको नयाँ भेरियन्टमा देखिएको छ”, उनले भने , “हामीसँग भएका भौतिक पूर्वाधार र जनशक्ति तालिमप्राप्त भएकाले आत्तिहाल्नुपर्ने अवस्था छैन ।” प्रवक्ता बुढाथोकीका  अनुसार सीमानाका र अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेक्सलाई तयारी अवस्थामा राखिएको र श्वासप्रश्वाससम्बन्धी समस्या आएका बिरामीलाई विशेष निगरानी गर्न आग्रह गरिएको छ । उनले लामो समयसम्म श्वासप्रश्वास समस्या देखिएका बिरामीलाई भने अणुवांशिक अध्ययन (जिन सिक्वेन्सिङ) गर्न निर्देशन दिएको बताए । सबैले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको हुनाले नयाँ भेरियन्टको सङ्क्रमणको रोकथाम खोपले गर्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार