मुख्य समाचार
विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत | आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु |

पप्पु कन्स्ट्रसनसहित ३४ ठेकेदार कम्पनी कालोसूचीमा

देश प्रदेश डेस्क 5188+ समाचार ( )
११ वैशाख २०८१, मङ्गलबार

झापा राष्ट्रिय गौरवको आयोजना अन्तर्गत बनिरहेको बाँकेको सिक्टा सिंचाइ आयोजनामा संलग्न पप्पु कन्स्ट्रक्सन प्रालिसहित ३४ ठेकेदार कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको हो । कार्यालयले पप्पुलाई दुई वर्ष ६ महिनासम्मका लागि कालोसूचीमा राखेको भने अन्य कम्पनीहरुलाई एक देखि दुई वर्षसम्मका लागि कालोसूचीमा रहेको हो ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, जलस्रोत तथा सिंचाइ विभाग, सिक्टा सिंचाइ आयोजना, नेपाल नेपालगञ्जले काममा ढिलासुस्ती र सन्तोषजनक नभएको भन्दै पप्पु कन्स्ट्रक्सनलाई फागुन पहिलो हप्ता कालोसूचीमा राख्न नेपाल सरकारलाई सिफारिस गरेको थियो ।

आयोजना प्रमुख निरौलाका अनुसार ०७४ असारसम्म आयोजना अन्तर्गत राप्ती नदी नियन्त्रणका लागि पप्पुसँग ठेक्का सम्झौता भएको थियो ।

०६०÷६१ बाट सुरु भएको सिक्टा सिंचाइ आयोजना हालसम्म ४० प्रतिशतमात्रै काम सकिएको छ ।

त्यस्तै सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रेम निर्माण सेवा प्रालि, सप्तकोशी जलाधार निर्माण कम्पनी, ओम साई एन्ड कम्पनी, युनिभर्सल कन्स्ट्रक्सन एन्ड वाटर ट्रिटमेन्ट प्रालि, कोशी एन्ड न्यौपाने, ओम साई क्न्स्ट्रक्सन, ए वान खप्तड कन्स्ट्रक्सन एन्ड अर्डर सप्लायर्सलाई कालोसूचीमा राखेको छ ।

त्यस्तै, कालोसूचीमा पर्ने कम्पनीमा चण्डी निर्माण सेवा, सिद्धबाबा कन्स्ट्रक्सन, महेश इन्जिनियरिङ, नवीन कन्स्टर्क्सन, भाव्या कन्स्ट्रक्सन, प्रेम निर्माण सेवा, अमन कन्स्ट्रक्सन, साहनी बिल्डर्स र मामाभाञ्जा निर्माण सेवासमेत छन् ।

कार्यालयले कर्मभूमि कन्स्ट्रक्सन, सुस्मन कन्स्ट्रक्सन, रोशिस कन्स्ट्रक्सन, अर्घा भगवती कन्स्ट्रक्सन, पौराई बाबा कन्स्ट्रक्सन, मुस्कान कन्स्ट्रक्सन, जीएस एन्ड एसएस कन्स्ट्रक्सन पनि कालोसूचीमा परेका छन् ।

त्यस्तै, उमंग ट्रेडर्स, पशुपति कन्स्ट्रक्सन प्रालि, कार्चेन कन्स्ट्रक्सन, स्नेहा निर्माण सेवा र खड्कादेवी कन्स्ट्रक्सनलाई पनि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

कालोसूचीमा परेका ठेकेदार कम्पनीले निर्धारित अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद कारवाही प्रक्रियामा भाग लिन नपाउने व्यवस्था छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार