मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

पत्रकार महासंघको स्थापना दिवस: झापामा झण्डोत्तोलन

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१६ चैत्र २०८०, शुक्रबार

भद्रपुर /नेपाल पत्रकार महासंघको ६९औं स्थापना दिवसको अवसरमा महासंघ झापा शाखाले झण्डोत्तोलन कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबार महासंघ झापाको बिर्तामोडस्थित कार्यालय भवनमा राष्ट्रिय झण्डा र महासंघको झण्डा झण्डोत्तोलन गरिएको हो । महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ पत्रकार, लेखक तथा राजनीतिक विश्लेषक चन्द्र किशोर र महासंघ झापाका पूर्व अध्यक्ष केशव आचार्यले झण्डोत्तोलन गरेका थिए ।
झण्डोत्तोलनपछि संक्षिप्त समारोहमा बोल्दै चन्द्र किशोरले नेपाली पत्रकारिता अप्ठ्यारो परिस्थितिमा गुज्रिरहेको भन्दै जुनसुकै परिस्थितिमा पनि पत्रकारले भुइँमान्छेको पक्षमा आवाज उठाइरहनुपर्ने बताए । चन्द्र किशोरले पछिल्लो समय पत्रकारहरु स्थानीय सत्ताप्रति मौन रहँदा धेरै विकृति मौलाएकोतर्फ संकेत गर्दै स्थानीय सत्ताका कमजोरीप्रति तेजिलो प्रश्न गरेर खबरदारी गरिरहनुपर्नेमा जोड दिए ।
पूर्व अध्यक्ष आचार्यले पत्रकारलाई संगठित गरी गर्विलो इतिहास कायम गरेको नेपाल पत्रकार महासंघको स्थापना दिवसको सन्दर्भमा शुभकामना व्यक्त गरे । कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।
स्थापना दिवसकै सन्दर्भमा महासंघ झापा शाखाले अध्यक्ष गिरीको अध्यक्षतामा बैठक बसी विभिन्न निर्णय गरेको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार