मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |

माेटरसाइकलको ठक्करबाट महिलाको मृत्यु , बालिका गंभीर घाइते

देश प्रदेश डेस्क 5185+ समाचार ( )
२० फाल्गुन २०८०, आइतबार

                                                              साकेतिक तस्वीर

झापा  । मोटरसाइकलको ठक्करबाट मेचीनगर नगरपालिका ५ घोडाधिनकी ५५ बर्षिया देवीमाया बि.कको मृत्यु भएको छ भने अर्की बालिका गंभीर घाइते भएकी छन् ।

झापाको मेचीनगरमा हिजो साँझ ७ बजेको समयमा मेचीनगर नगरपालिका ५ घोडाधिनस्थित भित्री पक्की सडकखण्डमा घैलाडुब्बाबाट नकलबन्दातर्फ जाँदै गरेको मे ११ प ५७६५ नम्वरको सेतो कलरको बुलेट मोटरसाइकलले पैदलयात्री  बि.क. र नबिन वि.क.की छोरी बर्ष ६ की निशा बि.क. लाई ठक्कर दिएको थियो । घाईतहरुलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याइएकोमा उपचारको क्रममा देवीमायाको साँझ ७.३० बजे मृत्यु भएको हो । नाकमा चोट लागेकी बालिका निशाको अवस्था मध्यम रहेको जनाइएको छ ।

मोटरसाइकल ईलाका प्रहरी कार्यालय नकलबन्दाको नियन्त्रणमा रहेको र चालक तत्काल फेला नपरेको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै