मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

दमकका दुई दर्जन होटलमा यौन व्यवसाय

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१० भाद्र २०८१, सोमबार

झापा दमकका दर्जन भन्दा बढी हाेटलमा याैन व्यवसाय हुने गरेकाे पाइएकाे छ ।
‘रेड एरिया’ को रुपमा रहेको दमकको पूर्व बसस्टेन्डमै रहेका पूर्वेली , नेवा इन , व्याकसाइड, माता मनकामना , केसीजस्ता होटल यौंन व्यवसायका लागि कुख्यात मानिन्छन् । त्यस्तै दमकको न्यू हिमाली होटल एण्ड लज , मिनाम होटल एण्ड लज , होटल सौगात,साइनाे जस्ता करिव दुई दर्जन होटलमा यौन व्यवसाय हुने गरेको बताइएको छ । त्यस्ता होटलहरु अधिकांश महिलाहरुले चलाएका छन् ।

ती हाेटलमा हातमा वियर बोकेका चुरोट तान्दै गरेका युवतीहरु ग्राहकलाई सोध्ने काम मात्र गर्दैनन् , यौन कार्यका लागि उत्प्रेरित पनि गर्ने गर्छन् । होटल साइनोमा २० वर्षभन्दा कम उमेरका ७ जना यौनकर्मी युवतीहरु राखिएका छन् । त्यही होटलको कोठामा उनीहरुले यौन धन्दा गर्छन् । एक पटक यौन सम्पर्क गरेको एक हजार र रातभरि बसेको पाँच हजार रुपैयाँ रेट सबैतिर कायम गरिएको छ । पूर्व बसस्टेन्डमै रहेको होटल मिलनमा दुईजना युवती राखिएका छन् । त्यसमध्ये एकजना बेलडाँगी शिविरकी राई थरकी शरणार्थी युवती हुन् । आफूले होटल मिलनमा काम गर्न थालेको पाँच महिना भएको उनले बताइन् । ‘ हामी दुईजना होटलमै हुन्छौं , ग्राहक धेरै आएमा साहुनीले बाहिरबाट अरु केटी बोलाईदिनु हुन्छ’ उनले भनिन् । ग्राहकसंग यौन सम्पर्क गरेवापत साहुनीले हजार रुपैयाँ लिने गरेकोमा पाँच सय रुपैयाँ आफूले पाउने गरेको उनले बताइन् । दमकका धेरै होटलहरुमा त्यस किसिमको व्यवसाय संचालन भइरहेकाले ग्राहक धेरै नआउने गरेको उनले बताइन् ।नेपालीभन्दा भारतीयहरु ग्राहकको रुपमा बढी आउने गरेका छन् ।

प्रहरीले केही दिनअघि दमकका १८ वटा होटलमा छापा मारेको थियो । तर कसैलाई पनि पक्राउ गर्न सकेन । प्रहरीले होटल ढावा , केसी ,प्रिन्स , माता मनकामना ,रुद्राक्ष , पुकार , नेवा इन होटल एण्ड लज , व्याकसाइड ,पूर्वेली , न्यू पाथीभरा , साइनो , हाम्रो , गुगल, न्यू ताप्लेजुङ, कंचनजंघा , सेवारो गेष्टहाउस , सेभेन ओसियन, अमृत होटल एण्ड लजमा छापा मारेको दमक प्रहरीले जनाएको छ । ती होटलमा यौन व्यवसाय संचालन गरिरहेको गुनासो आएपछि सर्च गरिएको एक प्रहरी अधिकारीले बताए ।
दमकमा खुल्लमखुला यौन व्यवसाय संचालन भइरहेपनि प्रहरीले अहिलेसम्म कसैलाई पनि पक्राउ गरी कार्वाही गरेको छैन ।  पत्रकार र स्थानीयहरुले गुनासो गरिहालेको खण्डमा दमक प्रहरीले देखावटी रुपमा होटलमा छापा मार्ने गरेको छ ।

 दमकमा यौन व्यवसाय भइरहेको विषयमा आफूलाई जानकारी रहेको दमक प्रहरीका डीएसपी निशान थापाले बताए । विकृतिका रुपमा बढ्दै गएको यस व्यवसायलाई नियन्त्रण गर्ने प्रयास भइरहेको उनले बताए । यसलाई नियन्त्रण गर्ने जिम्मेवारी प्रहरी प्रशासनकै भएकाले अब आफूहरु लागिपर्ने उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार