मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन आत्मविश्वास
बढ्नेछ र नयाँ काम थाल्न प्रेरणा मिल्नेछ। सहयोगीहरूबाट साथ पाउने समय हो।
पारिवारिक मेलमिलाप कायम रहनेछ। सरकारी कामकाजमा सफलता मिल्ने सम्भावना छ।
शुभ रंग: रातो, शुभ अंक: ९
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
विवाह वा प्रेमसम्बन्धमा
सकारात्मक प्रगति हुनेछ। आर्थिक क्षेत्रमा सुधार आउनेछ। पुरानो सम्पत्ति
सम्बन्धी विवाद सुल्झिन सक्छ। व्यवसायमा साझेदारीबाट लाभ हुने सम्भावना छ।
शुभ रंग: सेतो, शुभ अंक: ६
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शैक्षिक क्षेत्रमा प्रगति
हुनेछ। तपाईको योजना अनुसार काम अघि बढ्नेछन्। नयाँ स्रोतबाट धन प्राप्त
हुने सम्भावना छ। परिवारसँगको समय रमाइलो रहनेछ। यात्रामा लाभ हुनेछ। शुभ
रंग: हरियो, शुभ अंक: ५
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भावनामा बहिएर निर्णय
लिंदा हानी हुन सक्छ, होसियारी अपनाउनुहोस्। अनावश्यक खर्च बढ्न सक्छ,
नियन्त्रण आवश्यक छ। स्वास्थ्यमा सुधार आउनेछ। शुभ रंग: खरानी, शुभ अंक: ४
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नेतृत्व गर्ने क्षमता आज
अझ प्रभावशाली बन्नेछ। सामाजिक क्षेत्र वा सार्वजनिक कार्यक्रमहरूमा सम्मान
प्राप्त हुने योग छ। प्रेमसम्बन्धमा मिठास आउनेछ। शुभ रंग: सुन्तला, शुभ
अंक: १
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
व्यवसायिक क्षेत्रमा सफलता
मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। वैदेशिक सम्बन्ध बलियो बन्नेछन्।
आलोचकहरूलाई जवाफ दिने मौका प्राप्त हुनेछ। शुभ रंग: निलो, शुभ अंक: ७
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
दाम्पत्य जीवनमा सुखद
क्षणहरू बित्नेछन्। कलात्मक र रचनात्मक कार्यमा रुचि बढ्नेछ। आर्थिक पक्ष
सबल रहनेछ। नयाँ साथी बनाउने योग पनि छ। शुभ रंग: गुलाबी, शुभ अंक: २
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कामको चाप बढ्नेछ तर
परिणाम सकारात्मक आउन सक्छ। रिस र झर्को नियन्त्रण गर्न सक्नुभयो भने
सफलताको ढोका खुल्नेछ। स्वास्थ्यमा थोरै समस्या देखिन सक्छ। शुभ रंग: खैरो,
शुभ अंक: ८
धनु (ये, यो, भा, भि, भू, धा, फा, ढ, भे)
विद्यार्थी तथा
शोधकर्ताहरूका लागि लाभदायक समय छ। धार्मिक यात्राको सम्भावना छ। पारिवारिक
सौहार्द कायम हुनेछ। नसोचेको धन लाभ हुने योग छ। शुभ रंग: पहेंलो, शुभ
अंक: ३
मकर (भो, ज, जि, खि, खु, खे, खो, ग, गा)
पुरानो कामको मूल्यांकन हुने
समय हो। उच्च पद वा जिम्मेवारी प्राप्त हुने योग छ। व्यवहारमा मिठास
ल्याउनु उपयुक्त हुनेछ। खर्चमा सावधानी अपनाउनुहोस्। शुभ रंग: कालो, शुभ
अंक: ५
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रेम र सम्बन्धमा
विश्वासको कमी हुनसक्छ, संवाद कायम राख्नुहोस्। व्यवसायमा प्रतिस्पर्धा
बढ्नेछ, तर सफल बन्न सकिनेछ। बुद्धि प्रयोग गर्नाले हरेक समस्याको समाधान
पाइनेछ। शुभ रंग: जामेनी, शुभ अंक: ४
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
धार्मिक र परोपकारी कार्यमा
मन जानेछ। मनको शान्ति मिल्नेछ। नयाँ साथी वा सम्पर्कबाट लाभ हुने सम्भावना
छ। आत्मबल बढ्नेछ र मन शान्त हुनेछ। शुभ रंग: सुन्तला, शुभ अंक: ७