मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

झापा दमकबाट लागूऔषध मुद्दामा फरार अभियुक्त पक्राउ

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२२ भाद्र २०८२, आइतबार

झापा जिल्लामा लागूऔषध मुद्दामा अदालतबाट कैद र जरिवाना तोकिएर फरार रहेका एक अभियुक्तलाई प्रहरीले दमकबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–५ स्थितबाट विजय धिमाल (२४), स्थायी ठेगाना दमक नगरपालिका–२, खरखरेलाई शनिबार बिहान करिब ७ बजे पक्राउ गरेको हो।

झापा जिल्ला अदालतको लगत नं. ११/३६४९ अनुसार २०७८ सालमा दायर मुद्दामा २०७९ जेठ १४ गतेको फैसलाद्वारा उनलाई ५ वर्ष ९ महिना ४ दिन कैद र रु. १०,००० (दश हजार) जरिवाना तोकिएको थियो। त्यसयता उनी फरार रहेका थिए।

पक्राउ गरेपछि उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको थियो। आइतबार (मिति २०८२ भदौ २२ गते) जिल्ला अदालत झापामा पेश गरिएपछि अदालतको आदेशअनुसार धिमाललाई कारागार चलान गरिएको प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार