मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

झापाकाे दमक र विर्तामाेडमा पनि एमाले नेता तथा कार्यकर्ताहरू सहभागी भई मशाल जुलुस निकालिएको थियाे ।
देशका विभिन्न ठाउँमा राँके जुलुस : पक्राउ र प्रतिवेदनविरुद्ध एमाले आन्दोलित

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१४ चैत्र २०८२, शनिबार

झापा / पछिल्लो राजनीतिक घटनाक्रमसँगै नेकपा एमालेले देशका विभिन्न स्थानमा राँके जुलुस (मशाल जुलुस) निकालेको छ। जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउविरुद्ध एमालेले विरोध कार्यक्रमलाई तीव्र बनाएको हो।

राजधानी काठमाडौंसहित ललितपुर, भक्तपुर, पोखरा, विराटनगर, नेपालगञ्ज, बुटवल, झापालगायतका मुख्य सहरहरूमा एमालेका कार्यकर्ता तथा समर्थकहरूले साँझ रात्रिकालीन प्रदर्शनस्वरूप राँके जुलुस निकालेका हुन्। जुलुसमा सहभागीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै पक्राउको विरोध गरेका थिए।

काठमाडौंको माइतीघर, बानेश्वर, कोटेश्वर क्षेत्र आसपास जुलुस निकाल्दा सुरक्षा निकायले कडा निगरानी गरेको थियो। केही स्थानमा प्रहरीले राँकाे नियन्त्रणमा लिदाँ प्रदर्शनकारी र प्रहरीबीच सामान्य धकेलाधकेलको अवस्था सिर्जना भए पनि ठूलो झडप भने नभएको प्रहरीले जनाएको छ।

त्यस्तै, विराटनगर र पोखरामा पनि उल्लेख्य संख्यामा कार्यकर्ताहरू सहभागी भई मशाल जुलुस निकालिएको स्थानीय प्रशासनले पुष्टि गरेको छ। नेपालगञ्ज र बुटवलमा समेत नाराबाजीसहित प्रदर्शन गरिएको छ।

झापाकाे दमक र विर्तामाेडमा पनि एमाले नेता तथा कार्यकर्ताहरू सहभागी भई मशाल जुलुस निकालिएको थियाे । प्रहरीले राँकाे नियनत्रणमा लिएपछि काेणसभा गरेर कार्यक्रम समापन गरेकाे जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।

प्रहरीले संवेदनशील क्षेत्रहरूमा थप सुरक्षाकर्मी परिचालन गर्दै स्थिति नियन्त्रणमा राखिएको जनाएको छ। कुनै अप्रिय घटना हुन नदिन देशभर उच्च सतर्कता अपनाइएको छ।

एमालेले भने पक्राउलाई ‘राजनीतिक प्रतिशोध’ भन्दै आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएको छ। पछिल्ला घटनाक्रमसँगै देशको राजनीतिक वातावरण थप तनावपूर्ण बन्दै गएको देखिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार