मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

१ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने तयारी

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१ मंगशिर २०८२, आइतबार

झापा / आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा म्यादी प्रहरी भर्ना गर्ने तयारीमा सरकार लाग्ने भएकाे छ ।

आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको हो । निर्वाचनका लागि १ लाख ३० हजार म्यादी भर्ना गर्ने निर्णय गरिएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले बताए ।

बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना स्विकृत भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा आईजीपी दानबहादुर कार्की, सशस्त्रका आईजी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की र सैनिक प्रतिनिधि सहभागी थिए ।

बैठकले निर्वाचन भन्दा पूर्व, निर्वाचनको अवधि र निर्वाचनपछि पनि सुरक्षा चुनौती हुने निष्कर्ष निकाल्दै सतर्कता अपनाउने निर्णय गरेको गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले जानकारी दिए ।

त्यस्तै, चुनावमा तीनवटा घेरामा सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरिएको छ ।  पहिलो घेरामा प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा सेना परिचालन गरिनेछ । निर्वाचनमा सेना परिचालन गर्दा राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस अनुसार राष्ट्रपतिले निर्णय गर्नुपर्ने कानुनी व्यवस्था छ । त्यसका लागि रक्षा मन्त्रालयमा पत्राचार गर्ने निर्णय गरिएको बैठकपछि सहसचिव काफ्लेले जानकारी दिए ।

निर्वाचन सुरक्षा व्यवस्थापन कार्यविधि-२०७८ सो कार्यदलले तयार गरेको मस्यौदा केन्द्रीय सुरक्षा समितिबाट पारित भएको हो । सुरक्षा समितिले सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्दा कसरी समन्वय कसरी गर्ने र कति जनशक्ति आवश्यक हुन्छ भन्नेबारे निर्णय गरेको छ । बैठकले सुरक्षा संवेदनशीलताको आधारमा सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ । निर्वाचन लक्षित प्रदेश स्तरीय सुरक्षा गोष्ठी लुम्बिनी प्रदेशबाट मंसिर ९ देखि सुरु हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार