मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

नेपाल सरकार ४ खर्ब २ अर्ब घाटामा चल्दै

देश प्रदेश डेस्क 5164+ समाचार ( )
८ भाद्र २०८२, आइतबार

झापा / गत आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकार ४ खर्ब २ अर्ब रुपैयाँले घाटामा रहेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक तथ्यांक अनुसार यस आर्थिक वर्षमा सरकारको ढुकुटी ४ खर्ब २ अर्ब ४२ करोडले घाटामा रहेको छ ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा सरकारी वित्त ३ खर्ब ७९ अर्ब ३८ करोडले घाटामा थियो । गत आर्थिक वर्ष सरकारले  १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट कार्यान्वयन गरेको थियो ।

राष्ट्र बैंकका अनुसार यस  आर्थिक वर्षमा तीन वटै तहका सरकारको एकीकृत वित्त स्थिति १ खर्ब ३० अर्ब ७३ करोड रुपैयाँले बचतमा छ । यसबाट केन्द्र सरकारबाट हस्तान्तरण हुने रकम तल्ला सरकारमा गएर थुप्रिने तर खर्च नहुने समस्या दोहोरिएको देखिन्छ ।

गत  आर्थिक वर्ष सरकारको कुल खर्च १५ खर्ब २३ अर्ब ११ करोड रहेको छ । यसमध्ये चालु खर्च ९ खर्ब ८० अर्ब ३८ करोड र पूँजीगत खर्च २ खर्ब २२ अर्ब ६८ करोड छ । वित्तीय व्यवस्थातर्फको खर्च ३ खर्ब २० अर्ब ५ करोड छ ।

यस  आर्थिक वर्ष राजस्व परिचालन भने ११ खर्ब ८९ अर्ब ८२ करोड रहेको छ । जसमा प्रदेश र स्थानीय सरकारमा बाँडफाँट हुने रकम समेत उल्लेख छ । उठेको राजस्वमध्ये कर राजस्व १० खर्ब ४९ अर्ब ८८ करोड र गैरकर राजस्व १ खर्ब २० अर्ब ९४ करोड छ ।

वित्त घाटा पूर्ति गर्न सरकारले गत  आर्थिक वर्षमा ३ खर्ब २९ अर्ब ९९ करोड आन्तरिक ऋण परिचालन गरेको छ । वाह्य ऋण भने १ खर्ब २५ अर्ब ४० करोड लिएको छ । यस  आर्थिक वर्षमा आन्तरिक ऋण भुक्तानी भने २ खर्ब ४३ अर्ब ९१ करोड बराबर भएको छ ।

असार मसान्तसम्म सरकारको कुल बक्यौता ऋण २६ खर्ब ६९ अर्ब ६५ करोड रहेको छ । यसमा वाह्य ऋण १४ खर्ब १ अर्ब ४२ करोड र आन्तरिक ऋण १२ खर्ब ६८ अर्ब २२ करोड छ । यो कुल गार्हस्थ उत्पादनको तुलनामा ४३.७१ प्रतिशत हो । अघिल्लो वर्षसम्म नेपाल सरकारका खातामा १ खर्ब ३० अर्ब ७३ करोड मौज्दात रहेको देखिन्छ । जुन स्थानीय र प्रदेश सरकारका खातामा रहेको समेत रकम हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार