मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

इलाममा २३ जना फरार अभियुक्त पक्राउ

देश प्रदेश डेस्क 5418+ समाचार ( )
साङ्केतिक तस्वीर
२२ कार्तिक २०८०, बुधवार

झापा  जिल्ला प्रहरी कार्यालय इलामले भदौ र असोज महिनामा २३ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

बिभिन्न मितिमा अदालतबाट दोषी भई कैद तथा जरिवाना तोकिएका फरार प्रतिवादीहरु पक्राउ परेका हुन् । पक्राउ परेका फरार प्रतिवादीहरुलाई अदालतसमक्ष पेश गरी थुनाको लागि इलाम कारागार इलाम पठाईएको कार्यालयका सूचना अधिकारी डीएसपी प्रकाश जवेगुले बताए । उनले फरार प्रतिवादीलाई पक्राउ गरेपछि समाजमा शान्ति सुरक्षाको स्थिति थप सुदृढ भएको , सर्वसाधारण नागरिकले सुरक्षाको अनुभूति गर्न पाएको र पीडित परिवारले राहत पाएको बताएका छन् ।

उनका अनुसार इलाम जिल्लामा मात्र नभई अन्यत्र जिल्ला समेत लुकिछिपी बसेका फरार प्रतिवादीहरुलाई सादा पोशाकमा प्रहरी परिचालन गरी पक्राउ गरिएको हो । पक्राउ पर्नेमा कर्तब्य ज्यान,ज्यान मार्ने उद्योग, जवरजस्ती करणी,बिष्फोटक पदार्थ,चोरी, सवारी ज्यान,वन,बहुविवाह,कुटपिट,घरेलु हिंसा र सार्वजनिक अपराध मुद्दाका प्रतिवादीहरु रहेका छन् । जिल्ला प्रहरी कार्यालय इलामले बाँकी रहेका फरार प्रतिवादीहरु समेतलाई पक्राउ गर्न खोजतलासलाई तिब्रता दिईरहेको डीएसपी जवेगुले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार