मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

झापामा लम्पी स्किन संक्रमित पशु १० हजारभन्दा बढी, १४२ पशुकाे मृत्यु

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२१ आषाढ २०८२, शनिबार

झापा / झापामा दुई वर्षअघि महामारीकै रूपमा फैलिएको लम्पी स्किनको संक्रमण भयावह बन्दै गएको छ ।

जिल्लाका १५ वटौ पालिकामा लम्पी स्किनको संक्रमण फैलिरहँदा १० हजार ६१ वटा पशु चौपायामा संक्रमण देखिएको छ कभने हालसम्म झापामा यस रोगका कारण १४२ वटा गाईगोरु मरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाले जनाएको छ ।

गत साताको तुलनामा यो साता अझ बढी पशु चौपाया प्रभावित भएका छन् । गत साता ६ हजार २१ वटा चौपाया प्रभावित भएका थिए भने यो साता ४ हजार ४० वटा चौपाया प्रभावित भएका छन् । त्यस्तै गत साता ६८ वटा चौपाया मरेका थिए भने यो साता ७४ वटा चौपाया मरेका छन् ।

जिल्लामा सबैभन्दा धेरै बाह्रदशी र मेचीनगरमा संक्रमण देखिएको छ भने अन्य पालिकाको तुलनामा गौरादह र दमकमा संक्रमणको अवस्था कम छ । पशु सेवा विज्ञ केन्द्रको तथ्यांक अनुसार बाह्रदशीमा ३००९ संक्रमित २९ मृत्यु , मेचीनगरमा १९१८ संक्रमित ६ मृत्यु , बुद्धशान्तिमा ८४० संक्रमित ९ मृत्यु , कमलमा ५१३ संक्रमित ६ मृत्यु , शिवसताक्षीमा ४७० संक्रमित २ मृत्यु , बिर्तामोडमा ४६५ संक्रमित ११ मृत्यु , भद्रपुरमा ४३४ संक्रमित १२ मृत्यु , अर्जुनधारामा ४१३ संक्रमित २१ मृत्यु , गौरीगञ्जमा ३९९ संक्रमित ७ मृत्यु , कन्काईमा ३८२ संक्रमित ६ मृत्यु , कचनकवलमा ३३४ संक्रमित ८ मृत्यु , झापा गाउँपालिकामा ३१९ संक्रमित ५ मृत्यु , दमकमा २०० संक्रमित एक मृत्यु , गौरादहमा १९३ संक्रमित मृत्यु नभएको , हल्दिवारीमा १७२ संक्रमित १९ मृत्यु भएको छ । लम्पी स्किनबाट गाईगोरु मात्र प्रभावित भएका छन् । अहिलेसम्म एउटा भैसीमा मात्र लम्पी स्किन देखिएको छ ।

पशु सेवा विज्ञ केन्द्र झापाकी कार्यालय प्रमुख शीतल भट्टराईले लम्पी स्किनविरुद्धको भ्याक्सिन लगाउने कार्य जारी रहेको बताएकी छिन् । उनीले अहिलेसम्म ५७ हजार ३४८ वटा पशुलाई भ्याक्सिन लगाइएको जानकारी दिइन् । गौरादह र शिवसताक्षी नगरपालिकाले आफ्नै स्रोतमा खोप कार्यक्रम जारी राखेका छन् । अन्य पालिकामा पशु सेवा विज्ञ केन्द्रले उपलव्ध गराएको छ । ‘हालसम्म झापाका लागि ७२ हजार ५ सय भ्याक्सिन उपलब्ध भएको छ ।’ उनले भनिन्, ‘ जिल्लामा भ्याक्सिन पर्याप्त छ ।’

दुई वर्षअघि झापामा लम्पी स्किन रोगले महामारीकै रूप लिएको थियो । त्यसबेला ३५ हजार एक सयभन्दा धेरै गाईभैंसीमा लम्पी स्किन संक्रमण देखिएको थियो भने ४ हजार ६ सय ८५ पशुको मृत्यु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार