मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

झाडीमा भेटिएका शिशुको अभिभावकत्व लिनेकाे ‍‌‌ओइराे

देश प्रदेश डेस्क 5164+ समाचार ( )
१६ भाद्र २०८०, शनिबार

झापा भद्रपुरको झाडीमा भेटिएको नवजात शिशुको अभिभावकत्व लिन दुई दर्जनभन्दा बढी व्यक्तिहरु इच्छुक देखिएका छन् ।

डाक्टर , इन्जिनियर , प्राध्यापक , उद्योगी , व्यवसायीलगायत दुई दर्जनभन्दा बढीले ती शिशुलाई धर्मपुत्रको रुपमा ग्रहण गर्ने इच्छा देखाएका हुन् । धेरै जनाले आफूहरुलाई भेटेर , फोन गरेर ती शिशुको अभिभावकत्व लिन चाहेको भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले बताए । उनले अभिभावकत्व दिनैपर्ने अबस्था आए, पछि अप्ठ्यारो नपर्नेगरी सबै कानुनी प्रक्रिया पूरा गरेर मात्र शिशुलाई जिम्मा दिने बताए । शिशु लिनका लागि पर्ने निवेदनहरुलाई छानविन गरी असल अभिभावकलाई मात्र जिम्मा दिइने उनको भनाई छ । सन्तानविहीन व्यक्तिहरुले त्यस शिशुलाई अपनाउन खोजेका छन् ।

अभिभावकत्व दिनुभन्दा अगाडि भद्रपुर नगरपालिकाले हकदाबीका लागि आह्वान गर्दै सात दिने सूचना निकालेको छ । उक्त नवजात शिशु कसको हो ? सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आफ्नो शिशुको पर्याप्त प्रमाण कागजातसहित हकदाबी गर्न आउन हुन वा थप जानकारीका लागि भद्रपुर नगरपालिकाको बाल कल्याण अधिकारी जीवनकला राउतसँग सम्पर्क गर्नु हुन नगरपालिकाले शुक्रबार निकालेको सात दिने सूचनामा उल्लेख छ ।

सात दिनभित्र कोही पनि हकदाबीका लागि नआएको खण्डमा फेरि तीन दिने सूचना प्रकाशन गरिने नगरपालिकाकी उपप्रमुख राधा कार्कीले बताइन् । ‘दोस्रो पटकको सूचनामा पनि कोही सम्पर्क नआए शिशुको अभिभावकत्व ग्रहणका लागि आमाबुबा बन्न नसक्ने अभिभावकहरू अदालती प्रक्रियामा जान मिल्छ,’ उनले भनिन्, ‘अदालतबाट प्रक्रिया पूरा गरी आएको अभिभावकलाई मात्र नगरपालिकाको संरक्षणमा रहेको शिशुलाई जिम्मा लगाउन मिल्छ ।’
यतिकै कसलाई शिशु जिम्मा लगाउन नपाइने कानुनमा उल्लेख रहेको उनले बताइन् । गत भदौ १२ गते मंगलबार साँझ ७ बजेर ४५ मिनेटको समयमा भद्रपुर नगरपालिका– ७ स्थित एमरेल्ड स्कुल अगाडिबाट फूलबारी टोलतर्फ जाने ग्राभेल सडक किनाराको झाडीमा बेवारिसे अवस्थामा शिशु (छोरा) फेला परेका थिए ।
हालसम्म पहिचान नखुलेको शिशु अन्दाजी १२ देखि १४ दिनसम्मको जस्तो देखिने, हरियो रंगको च्यादरमा सुताइएको, सेतो रगको पन्जा, टोपी, भेष्ट र निधारमा कालो टिका लगाएको अवस्थामा फेला परेका थिए । त्यसपछि प्रहरी टोलीले शिशुलाई उद्धार गरी प्रादेशिक अस्पताल भद्रपुरमा लगेको थियो । नवजात शिशुको हालसम्म बुवाआमा, अभिभावको पहिचान हुन नसकी सोही अस्पतालमा उपचाररत रहेको ब्यहोरा जिल्ला प्रहरी कार्यालय झापाको अपराध अनुसन्धान शाखाको पत्रबाट लेखिआएको र मेची प्रादेशिक अस्पतालको स्वास्थ्य प्रतिवेदन अनुसार रातो वर्णको अन्दाजी ३ केजी तौल भएको पूर्ण स्वस्थ्य रहेको शिशु हाल मेची प्रादेशिक अस्पतालको पोषण गृहमा रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार