मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |

झापामा बढ्यो चोरीका घटना

देश प्रदेश डेस्क 5185+ समाचार ( )
४ माघ २०८२, शनिबार

 । झापामा चोरीका घटनामा बृद्धि भएको छ । जिल्लाका विभिन्न स्थानमा श्रृंखलाबद्ध चोरी भएको हो । हिजो राति बिहान गौरादह ८चन्दन टोल बस्ने कृष्णचन्द्र पण्डितको नाममा दर्ता रहेको कालो रंगको मे५प७३६३ नम्बरको होण्डा कम्पनीको मोटरसाइकल घरको प्यासेजमा पार्किङ गरी राखेको स्थानबाट चोरी भएको छ ।

त्यस्तै गौरादह ६ कोहबरास्थित एनसेल टावरभित्र रहेको तामाको तार अन्दाजी ६० मिटर,तामाको पाता थान १ र तामाको स्ट्रिप थान १गरी जम्मा ७० हजार बराबरको सामान चोरी भएको छ ।

त्यस्तै हिजो राति भद्रपुर ७ सरस्वती टोल बस्ने देवीकुमारी घिमिरेको घरमा पछाडिबाट ढोका फोरी घरमा रहेको दराज फुटाइ ३ तोला सुन, ७ तोला चाँदी, नगद १५ हजार चोरी भएको छ ।

त्यस्तै हिजै राति भद्रपुर वडा न. –५ भद्रपुर बजारमा रहेको न्यू ममता ज्वेलर्सबाट बिक्रीको लागि बनाएको अन्दाजी १० तोला चाँदीको गरगहना चोरी भएको छ ।

यसैबीच एनसेलको तार चोरी गरेको आरोपमा बिर्तामोडमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा एनसेल टावर मर्मतको ठेक्का लिने मोरङ उर्लाबारी २बस्ने बर्ष अन्दाजी २९का सुवाष आचार्य र मोरङ रतुवामाई ८बस्ने बर्ष ३६का प्रदिप बस्नेत रहेका छन् । उनीहरुलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको हो । गौरादह ६ स्थित कमलेश्वर राजवंशीको घरमाथि राखेको एनसेल टावर मर्मत गर्ने जिम्मा उनीहरुले पाएका थिए।

त्यस्तै चोरी गर्न आएको आशंकामा भद्रपुरमा एकजना व्यक्ति पक्राउ परेका छन् । हिजो बिहान ५ः२० बजे भद्रपुर नगरपालिका –६तेलिभिट्टा बस्ने मन्दा ढकालको घरपछाडि रहेको गाईगोठको बाटो प्रयोग गरी घरभित्र पसेका हल्दिबारी २गैनाबारी बस्ने बर्ष १९का बिजय महतोलाई शंका लागेर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार