मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |

अनलाइन सट्टेबाजीमा संलग्न झापाका साह पक्राउ

देश प्रदेश डेस्क 5185+ समाचार ( )
१९ अशोज २०८०, शुक्रबार

झापा अनलाइन सट्टेबाजी (बेटिङ) संलग्न दमक–१२ का ३० वर्षीय पिन्टुकुमार साहलाई प्रहरीले  पक्राउ गरेको छ । बेटिङमार्फत  २४ करोड रुपैयाँबराबरको कारोबार गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार साहलाई दमकबाटै पक्राउ गरेको हो । 

कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले साहले गैरकानुनी रूपमा २४ करोड १५ लाख १७ हजार १ सय ३८ रुपैयाँको बेटिङ कारोबार गरेको दाबी गरे ।

साहले वानएक्स बेट, मेल्बेट, रूपी बेट, डब्ल्युडब्ल्युडब्ल्यु ३८८८, स्काई चेन्ज, बालिज बेट, खेल विन, इन्डिओ २४ बेट, केएनजेम८८ जस्ता दर्जनभन्दा बढी वेबसाइटहरूमार्फत बेटिङ गर्न लगाएको र अवैध असुली गरेको प्रहरीले जनाएको छ ।

‘उनले अरूलाई बेटिङ गर्न लगाएको, सट्टेबाजीजस्ता अनलाइन खेल खेलाएको प्रमाणित हुन्छ,’ एसपी रेग्मीले भने, ‘ उनले सबै कारोबार नेपाल राष्ट्र बैंकको नियमविपरीत कारोबार गरेको पाइएको छ ।’ अभियुक्त साहलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाएको प्रहरीले जनाएको छ । इकान्तीपुरबाट

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार