मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

राैतहटमा स्थानीयद्वारा स्वास्थ्य केन्द्र र नगरपालिकामा तालाबन्दी

देश प्रदेश डेस्क 5164+ समाचार ( )
साङ्केतिक तस्विर
७ श्रावण २०८२, मङ्गलबार

झापा / राैतहटकाे कटहरिया नगरपालिका–५ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवाको अभाव र डाक्टरहरूको लापरबाहीका कारण लगातार दुई शिशुको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयहरूले मंगलबार केन्द्र र नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

स्थानीय पीडितमध्ये एक बाबुलाल दासका अनुसार उनकी छोरीलाई व्यथा लागेपछि प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो। त्यहाँ नर्मल डेलिभरी भए पनि बच्चा नरोएपछि शिशुलाई साँझ फुलस्थित एक निजी क्लिनिकमा पठाइएको थियो। तर क्लिनिक पुग्नुअघि नै शिशुको मृत्यु भइसकेको थियो । 

अर्काे घटना सोमबार साँझ भएको थियो । कटहरिया नगरपालिका–३ बडेर्वाका मनोज साहकी छोरी पुनमलाई पनि व्यथा लागेपछि स्वास्थ्य केन्द्रमा ल्याइएको थियो । गर्भवती महिलाको भिडियो एक्स–रे गरेर बच्चा जन्मन अझै १० दिन बाँकी रहेको भन्दै डाक्टरले औषधि दिई घर पठाइएको थियो । 

तर व्यथा झन् बढेपछि परिवारले पुनः शिवनगरस्थित एक निजी क्लिनिकमा लगेका थिए। बिच बाटोमै पुनमको नर्मल डेलिभरी भए पनि शिशुको अवस्था जटिल भएकोले वीरगन्ज लैजाँदै गर्दा बाटोमै शिशुको ज्यान गएको पीडित मनोज साहले बताएका छन् ।

तेस्रो घटना गत शनिबार राति भएको थियो। स्थानीय पत्रकार रवीन्द्र प्रजापतिले आत्महत्याको प्रयास गरेपछि उनलाई तत्कालै उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा पुर्‍याइएको थियो। तर केन्द्रमा अक्सिजनको व्यवस्था नभएकै कारण उनको पनि उपचारको अभावमा ज्यान गएको परिवारको भनाइ छ ।

पीडित परिवारहरू र स्थानीय बासिन्दाहरूले स्वास्थ्य केन्द्रमा अक्सिजन, औषधि, ग्लब्स जस्ता आधारभूत स्वास्थ्य सामग्रीको समेत अभाव रहेको गुनासो गरेका छन्। ‘स्वास्थ्य केन्द्रको हालत यति भयावह छ कि डाक्टरहरू समेत समयमा उपस्थित हुँदैनन्,’ स्थानीय एक बासिन्दाले बताएका छन् ।

तीन वटा मृत्यु घटनापछि आक्रोशित स्थानीयहरूले प्राथमिक स्वास्थ्य केन्द्र कटहरिया र कटहरिया नगरपालिकाको कार्यालयमा ताल्चा लगाउँदै दोषी डाक्टर र कर्मचारीविरुद्ध कारबाहीको माग गरेका छन् ।

मेयर अजय प्रकाश जैसवालको लापरबाहीको कारण प्राथमिक स्वास्थ्य कार्यालयको अवस्था दयनीय भएको स्थानीयहरूको आरोप रहेको छ । यसैबिच स्वास्थ्य केन्द्र र नगरपालिकाको ताला खुलाउन इलाका प्रहरी कार्यालय कटहरियाको प्रांगणमा नगर स्वास्थ्य संयोजक डाक्टर र स्थानीयहरूबिच छलफल जारी रहेको कार्यपालिका सदस्य मनोज कुमार जैसवालले बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार