मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

पार्टीसँग हैन मतदातासँग गठबन्धन –नेता लिङ्देन

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१३ माघ २०८२, सोमबार

झापा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले र्टीसँग भन्दा पनि मतदातासँग गठबन्धन गरेकाे बताएका छन् । मतदाताको शिर निहुरिने कुनै पनि काम नगरेको दावी गर्दै उनले यस्ताे बताएका हुन् ।  झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत रहेका नेता लिङ्देनले मतदाताले आवश्यक ठानेर विजयी गराउनेमा ढुक्क रहेको बताए । उम्मेदवार र पार्टीको अध्यक्ष भएको हैसयितले जुनसुकै क्षेत्रमा सार्वजनिक वहस गर्न तयार रहेको समेत उनले  बताए ।   

जेन्जी विद्रोह ०८४ को निर्वाचन ०८२ मा गर्ने उद्देश्य नभइ देशमा व्याप्त भएको भष्ट्रचार र वेतिथिको विरुद्ध भएको उनको भनाइ थियो । जेन्जी आन्दोलनलाइ अपहरण गरी सँसद विघटन गरेर निर्वाचनको मिति तोकेको उल्लेख गरे । चुनाव गरेर मात्र देश नबन्ने उनको भनाइ थियो । देश बनाउनका लागि सवै राष्ट्रिय शक्ति एक ठाउँमा बसेर नयाँ सहमतीबाट नमिलेका कुराहरु मिलाएर नविन सम्झौता गरी  अनिमात्र निर्वाचनमा जानु पर्ने उनको धारणा थियो । सरकारले सहमती भन्दापनि जवरजस्ताी चुनाव गराउने निर्णय गरेपछि भाग लिनु प्रजातान्त्रीक विधि भएको उनले बताए । सरकार सञ्चालनमा देखिएका अनियमितता एक्लै भएर पनि विरोध गरेर रोक्न सफल भएको उनले जनाए ।
साँसद कार्यकारी पद नभएपनि जनताको अपेक्षा भने सवैथोक नेता नै हो भन्ने बुझाइ रहेको उनको भनाइ थियो । साँसद भएको आठ वर्षको अवधिमा निर्वाचन क्षेत्रमा डुवान,शिक्षा, सिंचाई, खानेपानी,सडक लगायतका भौतिक पूर्वाधारमा जनताले सोचेको भन्दा वढी काम गरेको ठोकुवा गरे ।
भौतिक पूर्वाधार पूरा भएपनि स्वदेशमा वसेर गरीखाने बाटो भएन भने विकासको कुनै अर्थ नराख्ने समेत उनकाे  बुझाइ थियो ।
क्षेत्र नम्बर ३ मा विगत पन्ध्र वर्ष यतावाट बन्द भएको एसियाकै दोस्रो मोमेन्टो एपरेल्स(गार्भेण्ट) उद्योगलाइ पुनः सञ्चालनमा ल्याउन फायल अघि वढाइसकिएको उनले सुनाए ।
  यो पटकको निर्वाचनले राप्रपा देशको निर्णायक बन्ने उनले दावी गरे ।
 विगतमा लिङ्देनलाई कडा टक्कर दिने काँङ्ग्रेसका सिटौला यसपटक चुनावी मैदानमा नदेखिएपछि लिङदेन ‘ह्याट्रिक’ गर्ने ‘तानाबाना’ बुन्नमा व्यस्त छन् ।  लगातार दुईपटक (२०७४ र २०७९ मा) सिटौलालाई चुनाव हराएर  यो क्षेत्रलाई आफ्नो पकड बनाएकोमा उनी ढुक्क छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार