मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

रवि र बालेनबिचकाे सहमतिलाई रास्वपा केन्द्रिय समितिले अनुमाेदन गर्याे

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१४ पौष २०८२, सोमबार

झापा / काठमाडाैं महानगरपालिकाका मेयर बालेन साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच भएकाे सहमतिकाे हस्ताक्षरलाई रास्वपाकाे केन्द्रिय समितिले अनुमाेदन गरेकाे छ ।

रास्वपा सभापति रवि लामिछानेको सभापतित्वममा आइतबार राति बसेको रास्वपा केन्द्रीय समितिको विशेष बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगपालिकाका प्रमुख शाहबीचको वृहत् एकतासम्बन्धी सहमतिलाई अनुमोदन गर्ने निर्णय गरेको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

बैठकले राष्ट्र हितका लागि बृहत आँट, त्याग र आशा प्रतिबिम्बित गर्ने उक्त सहमतिको पालनाबाट मुलुकको व्याप्त भ्रष्टाचार, बेतिथिलाई निर्मुल पार्दै सुशासन, समुन्नति, लोकतन्त्र र सामाजिक न्यायसहितको अवस्था स्थापना गर्ने निर्णय गरेको छ।

रास्वपा सभापति रवि लामिछाने र मेयर बालेनबीच लामो छलफलपछि आइतबार बिहान ४ बजे सहमतिमा हस्ताक्षर भएको छ।

सहमति अनुसार एकतापश्चातको पार्टीको नाम, झन्डा र चुनाव चिह्न रास्वपाकै रहनेछ। त्यस्तै रास्वपाले बालेन शाहलाई आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जानेछ।

पार्टी नेतृत्वमा भने सभापति लामिछाने नै कायम रहने र बालेनको वरीयता दोस्रो रहने अनुसार सहमति गरिएकाेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार