मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |

उपद्रो गर्न सक्ने भन्दै दुर्गा प्रसाई समर्थक मैनाली र राई झापामा पक्राउ

देश प्रदेश डेस्क 5095+ समाचार ( )
६ अशोज २०८१, आइतबार

                                                                                                                         साङ्केतिक तस्वीर

झापा बीएण्डसी हस्पिटलका संचालक दुर्गा प्रसाई पक्राउ परेपछि उपद्रो गर्न सक्ने भन्दै दुईजनालाई प्रहरीले झापामा पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका झापा जिल्ला संयोजक रामचन्द्र मैनाली र नागरिक प्रतिरक्षा बल (पीडीएफ) का मेची अञ्चल संयोजक दुरेन राई रहेका छन् । आज साँझ ५ः५ बजे बिर्तामोड –३, बिर्ताबजारस्थित निजी निवासबाट मैनालीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको डीएसपी प्रकाश विष्टले बताए ।

त्यस्तै साँझ ५ बजे कमल –४, सितापुरीस्थित निजी निवासबाट दुरेन राईलाई इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव उपरीक्षक निशान थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । उनलाई इलाका प्रहरी कार्यालय दमकमा प्रहरी निगरानीमा राखिएको छ । प्रसाई पक्राउपछि झापामा अराजक गतिविधि हुनसक्ने भन्दै सुरक्षाकर्मीहरुलाई सतर्क राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुरक्षा निकायलाई स्टेन्डबाई राखिएको जिल्ला प्रहरी कार्यालयकी निमित्त प्रवक्ता तथा प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले जानकारी दिइन् ।

उता काठमाडौं जिल्ला अदालतमा दुर्गा प्रसाईका समर्थकहरुले जिल्ला अदालतको गेट अगाडि नाराबाजी गर्न खोज्दा नागरिक बचाउ महाअभियानका उपत्यका इन्चार्ज बिष्णुजंग बस्नेतलगायत ४ जनालाई प्रहरीले नियन्त्रणमा लिई प्रहरी बृत सिंहदरबारमा राखेको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं आज दिउँसो पक्राउ परेका हुन् । उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । प्रसाईंलाई उनको घरैबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रमुख डीआईजी नवीन्द अर्यालले जानकारी दिए । उनका अनुसार प्रसाईंविरुद्ध ब्युरोमा एक महिलाले साइबर अपराधसम्बन्धी उजुरी दिएकी छन् ।

प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतले गत बुधबार विद्युतीय कारोबार ऐनको व्यवस्थाबमोजिम पक्राउ पुर्जी जारी गरेको थियो ।

उनका अनुसार प्रसाईंलाई म्याद थपका लागि काठमाडौं अदालतमा उपस्थित गराइएको छ । अदालतले प्रसाईंसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै