मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

अबका युवा सामाजिक सञ्जालमा कालो अरिङ्गाल–थेवे

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१० भाद्र २०८०, आइतबार

भद्रपुर नेकपा एमालेको भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय अध्यक्ष छितिज थेवेले अबका युवा सामाजिक सञ्जालमा कालो अरिङ्गाल भएर खनिनु पर्ने बताएका छन् ।
झापाको भद्रपुरमा राष्ट्रिय युवा सङ्घ नेपालको दोस्रो नगर अधिवेशनलाई आइतबार सम्बोधन गर्दै थेवेले केपी ओलीले बनाएको पुलको चर्चा छैन तर त्यही पुलमा दुईवटा फूल रोप्नेको चर्चा सामाजिक सञ्जालभरि छाएको बताए । उनले अबका युवाले सामाजिक सञ्जालमा जोडिएर जसले  पार्टीलाई गाली गर्छ उसलाई सबै मिलेर रिपोर्ट गरेर उसको सामाजिक सञ्जालको एकाउन्ट बन्द गर्नुपर्ने  धारणा राखे । त्यस्ता गतिविधिको विरुद्धमा गएर गाली गरेर उसको गतिविधिलाई निश्तेज पार्नु पर्ने बताए ।
ओली सरकारको पालामा भारतले नेपाली भूमी अतिक्रमण गरेको वेलामा चुच्चे नक्सा सार्वजनिक गरेका थिए भने अरु पार्टीको सरकारले त्यो चुच्चे नक्सालाई बुच्चे बनाएको पनि थेवेले आरोप लगाएका छन् । ओली सरकारकै पालामा  सगरमाथा सम्वाद भनेर ग्लोवल वार्मिङको विषयमा कार्यक्रमको थालनी गरपनि अहिलेको सरकारमा त्यो हराएको बताए । जङ्गलमा लगाईने वृक्षारोपणमा फलफूूल लगायत बहुमूुल्य रुखहरु रोप्ने छौ जसले गर्दा ग्लोवल वार्मिङको समस्या पनि घट्ने र फलफूूलले गर्दा अहिले किसानले भोग्नु परेको जङ्गली जनावरको आतङ्क विषेश गरि बादर र हात्तीको उपद्रोलाई निराकरण गर्न सकिने बताए ।
कार्यक्रममा दुखिको घर युवाको भर भन्दै पक्षघातबाट थला परेकी भद्रपुर वडा ७ बस्ने अनुपा सापकोटालाई उपचार खर्च सहयोग स्वरुप नगद २० हजार ८ सय ७० प्रदान गरिएको थियो भने मेची खोलामा पोैडीखेल्ने क्रममा डुवेका बालकलाई बचाउन सफल भएका भद्रपुरका दुई बालक, अनुसन्धानको खोजीमा नयाँ तथ्य निकाल्ने लगायत सामाजिक क्षेत्रमा योगदान पु¥याउनेलाई पनि सम्मान गरिएको थियो ।

द्रोण विक्रम कोईरालाले स्वागत मन्तव्य राखेका थिए भने अनेरास्ववियु केन्द्रीय सदस्य रोशन लामा, राष्ट्रिय युवा सङ्घका केन्द्रीय सदस्य सागर पोर्तेल, नेकपा एमाले झापा जिल्ला कमिटीका सहसचिव असारु राजवंशी, भद्रपुर नगर ईन्चार्ज पुरुषोत्तम अधिकारी, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

आजकाे अधिवेशनबाट दिपक बुढाथाेकीकाे अध्यक्षतामा ३९ सदस्यीय नगर कमिटी पनि गठन गरिएकाे छ । उपाध्क्षमा विवेक राजवशीं, सचिवमा पशुपति खतिवडा, सह सचिव अशिम घिमिरे र विजय वराइ, काेषाध्यक्ष संगिता खतिवडा रहेकाे निवर्तमान कमिटीका अध्यक्ष डिल्लीराम पाेखरेलले जानकारी दिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै