मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

राजा न राष्ट्रपतिः सुकसरीहरु जहिल्यै पीडित

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२१ मंगशिर २०८०, बिहीबार

झापा कचनकवल ६ बनियानीकी सुकसरी राजवंशी करिव पाँच किलोमिटर धाएर दाउरा खोज्न जलथल जंगल आउँछिन् । हप्ताको दुई दिन मंगलवार र शुक्रवार खुल्ला हुने दियालो सामुदायिक वनमा आउनैपर्ने उनको नियतिजस्तै बनिसकेको छ ।

उनका अघिल्लो पुस्ताले पनि जलथल जंगलबाटै दाउरा बोकेर खाना पकाउँथे । सुकसरीले पनि दाउरा नबोकी उनको भान्सै चल्दैन । करिव दुई दशकअघि त्यस क्षेत्रका सबैले जंगलबाट दाउरा लगेर खाना पकाउँथे । तर, अहिले अरु समुदायका मानिसहरु कमै आउँछन् । घर घरमा ग्यास चुलो , इन्डक्सन चुलोको प्रयोग छ । सुकसरीजस्ता आदिवासी महिलाहरुले दाउरा नबोकी धरै छैन । बिहान खाजा खाएर घरबाट साथीहरुसंग निस्केकी सुकसरी दिउँसो ४ बजेसम्म जंगलमै थिइन् । ‘आज जंगल खुल्ला छ दुई ट्रिप दाउरा बोक्नु छ’ असिनपसिन हुँदै उनले भनिन् । दियालो सामुदायिक वनले हप्ताको मंगलवार र शुक्रवार जंगल खुल्ला गर्ने गरेको वनका अध्यक्ष देउकुमार लिम्बूले बताए । जंगल पस्नका लागि प्रतिव्यक्ति २५ रुपैयाँ वन समितिले लिने गरेको उनले बताए ।

टाउकोमा करिव ४० किलोको दाउराको भारी बोकेर थाकेका सुकसरी र उनका साथीहरु बिसाइरहेका बेला दाउरा लगेर के गर्ने भनेर सोध्दा खाना पकाउन र धान उसिन्नका लागि दाउरा नभइनहुने उनीहरुले बताए । ग्यासमा खाना पकाउने आफूहरुको हैसियत नभएको उनीहरु दुखेसो सुनाए । कतिपयले जंगलबाट खोजेको दाउरा बिक्री गरेर गुजारा गर्नुपर्ने अबस्था रहेको सुकसरीले यथार्थ सुनाइन् । दियालो वनको अनुगमनमा गएको भद्रपुर नगर प्रमुख गणेश पाखरेललगायतको टोलीको अघिअघि सुकसरीहरु दाउराको भारी बोकेर गइरहेका थिए । उनीहरुको दुःख देखेर दियालो वनका सदस्य कृष्ण राई भन्दै थिए ‘ राजा गएपनि आएपनि, राष्ट्रपति रहेपनि नरहेपनि विचराहरुको दुःखका दिन कहिल्यै गएन । ’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै