मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

‘गरे सम्भव छ’ भन्दै मेचीनगरका ९ जना शिक्षकद्धरा अतिरिक्त कक्षा सञ्चालन

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२० आषाढ २०८१, बिहीबार

झापा सामुदायिक तथा संस्थागत विद्यालयबाट २०८० को एसईई परीक्षाको नतिजामा असफल भएका विद्यार्थीलाई मेचीनगरका ९ जना शिक्षकले अतिरिक्त कक्षा सञ्चालन सुरु गरेका  छन् ।
मेचीनगर १, २, ३ र ४ वडामा सञ्चालित निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाइ पुरक परिक्षा अवधि सम्म बिहान डेढ घण्टा अतिरिक्त कक्षा निःशुल्क सञ्चालन सुरु गरेका हुन् ।
 शिक्षक रोमन बिक्रम कार्कीकाे नेतृत्वमा कक्षा सुरु गरेको जनाएका छन् । कक्षा विहान ७ बजेदेखी साढे ८ बजेसम्म सञ्चालन भइरहेको शिक्षक कार्कीले बताए । सामाजिक युवा अभियन्ता समेत रहेका कार्कीले गरे सम्भव छ भन्ने मूल उद्देश्यका साथ विद्यार्थीहरुको घाउको मलमपट्टि हुने सोच राखेर विज्ञान र गणित विषयलाइ मध्यनजर राखी कक्षा सञ्चालन गरिएको उनको भनाई छ । नगर भित्र रहेका १ देखी ४ नम्बर वडाका १३ वटा  विद्यालयमा सहयाेग स्वरूप  कक्षा सञ्चालन गरिएको उनले बताए ।चारवटा केन्द्र वनाएर हाल अध्यापन गराउँदै आइरहेको उनको भनाई छ ।

युनाइटेड बोर्डिङ् स्कुलमा रोमन बिक्रम कार्कीले विज्ञान र गणित, विष्णु अधिकारी विज्ञान, भानु माध्यमिक विद्यालयमा विदात गिरीले अङ्ग्रेजी ,अभिश्कार नेपालले गणित अध्यापन गराइरहेका छन् । त्यसैगरी आशिष शिवा अर्थशास्त्र र लेखा,सरस्वती माध्यमिक विद्यालयमा युवराज सिग्देलले गणित,विवेक गौतमले गणित ,थेसिस रुचालले सामाजिक र मेची जनसाधारण माध्यमिक विद्यालयमा प्रविन चापागाँईले विज्ञान विषयमा अध्यापन गराइरहेको जनाएका छन् ।

कक्षा सञ्चालन गरेबापत विद्यार्थी र विद्यालयबाट शिक्षकले कुनै पनि पारिश्रमिक नलिने उनिहरुले बताएका छन् । स्वत स्फुर्त निशुल्क अतिरिक्त कक्षा सञ्चालन गरिरहेको उनीहरुले बताए ।
एसइइको ग्रेड वृद्धीका लागि साउन २३ देखि परिक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

शिक्षा शाखा मेचीनगरले दिएको तथ्याङ्क अनुसार मेचीनगरका १५ वटा वडाभित्र १७ सामुदायिक र ३८ वटा नीजि विद्यालयहरु सञ्चालित छन् । सामुदायिकबाट १ हजार ५८ जना विद्यार्थी सहभागि भएकोमा ३ सय २२ जना विद्यार्थी मात्र उत्र्तीण भएका थिए । यो ३१ दशमलव ४३ प्रतिशत हो ।

त्यसैगरी संस्थागतबाट ९ सय २६ जना सहभागि भएकोमा ७ सय २३ जना विद्यार्थी उत्तीर्ण भएका थिए । जुन प्रतिशतको हिषाबले ७७ दशमलव २४ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

के बि कार्कि। २२ आषाढ २०८१, शनिबार

अति सराहनीय कार्य।सबै नानिहरुले लाभ लिनु होला।

Anand rai २० आषाढ २०८१, बिहीबार

Great salute.............

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार