मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२१ जेठ २०८३, बिहीबार

झापा लगातार चार दिनदेखि पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित भएको छ। चर्को घाम लागिरहेकाले तापक्रम बढ्दै गइरहेकाे छ।

गर्मीका कारण विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, अशक्त, बिरामी तथा दैनिक ज्यालादारी मजदुरहरू बढी प्रभावित भएका छन्। दिनभरको चर्को घाम र बढ्दो तापक्रमले सर्वसाधारणलाई घरबाहिर निस्कनसमेत कठिन भएको छ।

गर्मी बढिरहेका बेला विद्युत आपूर्ति नियमित नहुँदा समस्या झन् बढेको स्थानीयवासीले बताएका छन्। लामो समयसम्म हुने विद्युत अवरोधका कारण मानिसहरू गर्मी सहन नसकेर हैरानीमा परेका छन्।

विद्यालयहरू दिनको समयमा सञ्चालन भइरहेका कारण विद्यार्थीहरू पनि गर्मीबाट प्रभावित बनेका छन्। कक्षाकोठामा पर्याप्त चिस्यान व्यवस्थापन नहुँदा अध्ययन–अध्यापनसमेत प्रभावित हुने गरेको छ।

चिकित्सकहरूले अत्यधिक गर्मीका बेला अनावश्यक रूपमा घरबाहिर ननिस्कन, प्रशस्त पानी पिउन तथा झोलयुक्त खानेकुरा सेवन गर्न सुझाव दिएका छन्। गर्मीका कारण डिहाइड्रेसन, टाउको दुख्ने, चक्कर लाग्ने लगायत स्वास्थ्य समस्या देखिन सक्ने उनीहरूको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार