मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

भारतमा नेपाली चिया रोकिँदा ८३ उद्योग संकटमा, कूटनीतिक पहल गर्न सांसदहरूको माग

भेषराज नेपाल 129+ समाचार ( )
२ आषाढ २०८३, मङ्गलबार

झापा / नेपाली चिया उद्योग र निर्यातमा देखिएको गम्भीर संकटप्रति नेपाली कांग्रेसका सचेतक निश्कल राई तथा राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले गम्भीर चिन्ता व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

पूर्वी झापा लगायत पहाडी जिल्ला इलाम र पाँचथरको आर्थिक मेरुदण्डका रूपमा रहेको चिया क्षेत्र सरकारी उदासीनता र फितलो कूटनीतिक पहलका कारण धराशायी बन्ने अवस्थामा पुगेको संसद् र सञ्चारकर्मीमाझ सांसदहरूले आरोप लगाएका छन्।

प्रमुख बजारका रूपमा रहेको छिमेकी राष्ट्र भारतको पश्चिम बंगाल सरकार र भारतीय चिया बोर्डले नयाँ मापदण्ड एसओपी लागू गरी गुणस्तर परीक्षणका नाममा नेपाली चिया बोकेका कन्टेनरहरूलाई पानीट्याङ्की नाकामा १५ दिनभन्दा बढी रोकिदिँदा १२ लाख किलोभन्दा बढी तयारी चिया गोदाममै थन्किएको छ। यस सुनियोजित अवरोधका कारण नेपालका ८३ भन्दा बढी चिया उद्योगहरू बन्द हुने अवस्थामा पुगेको र भण्डारण क्षमता सकिएकाले किसानलाई भुक्तानी दिन नसक्दा सिंगो कृषि क्षेत्र नै आतंकित बनेको छ।

सांसद राईका अनुसार यो समस्या फगत प्राविधिक नभएर कूटनीतिक प्रकृतिको भएकाले नेपाल सरकारले तत्काल 'सरकार-देखि-सरकार' (G2G) तहमा उच्चस्तरीय कूटनीतिक वार्ता गरी दीर्घकालीन समाधान खोज्नुपर्ने थियो। परराष्ट्रमन्त्री र अन्य उच्च अधिकारीहरूको हालैका वैदेशिक भ्रमणहरूमा देशको प्रमुख नगदे बालीको यो संवेदनशील विषयले प्राथमिकता नपाउनु अत्यन्तै दुर्भाग्यपूर्ण रहेको उनीहरूको टिप्पणी छ।
भारतीय पक्षबाट नेपाली चियाको साख गिराउन भइरहेको नकारात्मक रिपोर्टिङ रोक्न र अन्तर्राष्ट्रिय बजारमा सिधै पहुँच बनाउन नेपालमै विश्वस्तरीय परीक्षण केन्द्र (ल्याब) स्थापना गर्नुपर्ने माग संसद्‌मा जोडदार रूपमा उठाइएको छ। राज्यले चियालाई प्रमुख राजस्वको स्रोत र ब्रान्डका रूपमा स्वीकार गर्न नसकेको भन्दै सांसदहरूले भारतबाहेक अन्य तेस्रो मुलुकमा बजार विस्तारका लागि नयाँ स्टार्टअप, ब्रान्डिङ र अनुदानका सहुलियत कार्यक्रम तत्काल ल्याउन सरकारसँग माग गरेका छन्। चिया व्यवसायी र किसानहरू काठमाडौंको माइतीघर मण्डलामा धर्ना बस्ने तयारीमा रहेकाले सरकारलाई बेलैमा ब्युँझिएर संकट समाधान गर्न चेतावनी दिइएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार