झापा । संस्थाको बार्षिक साधारण सभाको अवसर पारेर ३७ जना जेष्ठ नागरिकलाइ सम्मान गरिएको छ । आदर्श सेवा समिति भद्रपुर १० केन्द्रमाेडले शुक्रबार विहान आयोजना गरेको ११ औँ बार्षिक साधारणसभामा सम्मान गरेको हो ।
संस्थाले ८० बर्ष भन्दा माथि उमेर समूहका बृदबृद्धालाइ सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेकाे थियो । सम्मानित हुनेहरुमा नरनाथ खतिवडा,मोहनबहादुर पौडेल, हिमादेवी मैनाली, कृष्णप्रसाद दाहाल,ठोमो राजवंशी, हेमकुमारी आचार्य,मणिराम न्यौपाने,रघुनाथ पौडेल,सरस्वता पौडेल,घनश्याम उपाध्याय वस्ती,शेषराज चापागाँई,वेदकुमारी चापागाँई ,त्रिलोचन भट्टराई,सीता नेपाल,ललिमाया कठायत,गोमादेवी गुराँगाई,जीतबहादुर बस्नेत, लक्ष्मीराज न्यौपाने, मनमाया दर्जी,सावित्रा सापकोटा,कृष्णप्रसाद दाहाल,गंगादेवी न्यौपाने,गोमा न्यौपाने,पूर्णबहादुर गौतम,ललितबहादुर खडका,अयोध्यादेवी पोखरेल,हरिप्रसाद काफ्ले, गितामाया कार्की,डोलप्रसाद कार्की,दिलप्रसाद थापा,बैगनसरी राजवंशी,शुशिला पोखरेल,तिलमाया भण्डारी,अविरबहादुर सुनुवार मुखिया,गोमादेवी पोखरेल,सुर्जेमुनी राजवंशी र रुपमाया घिमिरे रहेका छन् ।
त्यसैगरी संस्थालाइ योगदान पुयाएको भन्दै पाँचजना सहयोगी दाताहरुलाइ समेत प्रशंसा पत्रले सम्मान गरिएको थियो ।
समितिका अध्यक्ष शालिकराम भट्टराईको सभापतित्व एवम भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अध्यक्ष भट्टराईले संस्थाको सांगठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
समितिका सल्लाहकार हरिकिशोर आचार्यले सञ्चालन तथा समितिका सदस्य अर्जुन खरेलले स्वागत गितबाट सुरु भएको कार्यक्रममा भद्रपुर नगर उपप्रमुख राधा कार्की, निवर्तमान अध्यक्ष हरि घिमिरे,पण्डित रघुनाथ रिमाल, सम्मानितहरुको तर्फबाट अविरबहादुर सुनुवार मुखिया लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा भजन किर्तन समेत प्रस्तुत गरिएको थियो ।