मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |

बालेन पक्षले समानुपातिकतर्फ कम्तीमा ४० जनाको सूची बुझाउने , झापाबाट एकजना

देश प्रदेश डेस्क 5185+ समाचार ( )
१४ पौष २०८२, सोमबार

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकीकरणमा गएको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह नेतृत्वको समूहले समानुपातिकतर्फ ४० देखि ४२ जनाको सूची बुझाउने भएको छ । त्यसमा एकजना झापाबाट समेटिनेछ ।

बालेनको नजिक भएर काम गरेका एकजनाको नाम समानुपातिक उम्मेद्वारका लागि पठाउन निर्देशन आएको रास्वपा झापाका कार्यबाहक सभापति प्रकाश पाठकले बताए । उनले त्यस किसिमको व्यक्तित्वको खोजी भइरहेको जानकारी दिए ।

शनिबार मध्यरातिसम्म छलफल भएर आइतबार बिहान ४ बजे भएको समझदारीअनुरुप बालेन समूहले कम्तीमा ३८ प्रतिशत हिस्सा पाउने भएको हो । पहिले कुलमान घिसिङ समेतलाई जोडेर एकमुष्ट समझदारी गर्दा ५० प्रतिशत उपस्थिति गराउनेबारे छलफल भएको थियो ।

अहिले त्यो अनुसारको समानुपातिक सूची बनाउन महानगरपालिकाको टिम जुटेको छ । यही संख्याभित्र नेपाल जेन–जी फ्रन्टको टोलीलाई समेत समावेश गरिने स्रोतको भनाइ छ । ‘सूची तयार पार्न कुमार बेन, भूपदेव शाहसहितले छलफल गरिरहेका छन्,’ एक नेताले भने, ‘यो सूची तयार भएपछि रवि लामिछाने र बालेन शाह बसेर अन्तिम नामावली टुंग्याउने तयारी छ ।’

एक नेताका अनुसार, पछि टिकट बाँडफाँडमा पनि यही अनुपातमा समझदारी गरिनेछ । फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि भोलिसम्म दलहरुले बन्द सूची निर्वाचन आयोगमा पेस गर्नुपर्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार