मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |

झापामा विद्युत् प्राधिकरणको कर्मचारी भन्दै ग्राहक ठग्ने एक युवक पक्राउ

देश प्रदेश डेस्क 5185+ समाचार ( )
७ फाल्गुन २०८०, सोमबार

झापा । नेपाल विद्युत् प्राधिकरणको कर्मचारी बताउँदै ग्राहक ठगी गर्दै हिँडेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-३ का २० वर्षीय राजेश राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापामा विद्युत् प्राधिकरणको कर्मचारी भन्दै ग्राहक ठग्दै,   युवकको फोटोसहितको समाचार प्रकाशन भए लगतै स्थानीयले उनलाई पक्राउ गरी प्रहरी चौकी बिर्ता बजार बुझाएको थियो । राजवंशी प्राधिकरणको कर्मचारी भन्दै ग्राहकमा पुगेपछि स्थानीयले उनलाई समातेका थिए । उनलाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

विद्युत् प्राधिकरण अनारमनि वितरण केन्द्रअन्तर्गत बिर्तामोड, शनिश्चरेलगायतका स्थानहरूमा केही दिनयता “नेपाल बिद्युत् प्राधिकरणको कर्मचारी हुँ” भन्दै ग्राहकसँग प्राधिकरणको महसुल, मिटर शुल्क, ग्राहकको मिटर बिग्रेको मर्मत गर्न आएको भन्दै सोको शुल्क लगायतका प्राधिकरण सम्बद्ध भुक्तानीका लागि नगद लिई ठगी गर्ने कार्य बढेको थियो ।

त्यस कार्यमा अपरिचित व्यक्ति संलग्न भएको र ग्राहक ठगिएको गुनासो आउन थालेकोले कुनै पनि प्राधिकरण सम्बद्ध भुक्तानी अनलाइन वा प्राधिकरणको आधिकारिक महसुल भुक्तानी काउन्टरबाट मात्र गर्न अनारमनि वितरण केन्द्रले सम्पूर्ण ग्राहकलाई आग्रह गरेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार