मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

झापाकाे भद्रपुरमा गोली प्रहार, भारतीय नागरिक नियन्त्रणमा

देश प्रदेश डेस्क 5164+ समाचार ( )
११ श्रावण २०८२, शनिबार

झापा / झापाकाे भद्रपुर नगरपालिका–५ अन्तर्गत भद्रपुर बजारको भीत्रि सडक खण्डमा प्रहरीले दुई राउण्ड गाेली चलाएर एक जना भरतीय नगरिकलाई पक्राउ गरेकाे छ ।

लागुऔषधकाे  कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीलेकाे उपस्थिति देखेपछि शंकास्पद रुपमा हिँडिरहेका भारतकाे बिहार राज्य अन्तरगत किशनगंज जिल्लाकाे कोल्लिकोट थाना निवासी ३६ वर्षीय मोहमद इस्लामले प्रहरीमाथि आक्रमण गर्दै भाग्न खोज्दा प्रहरीले आत्मरक्षाका लागि दुई राउण्ड गोली प्रहार गरेर पक्राउ गरेकाे हाे।

गाेली चलाउदा  उनकाे बायाँ खुट्टाको घुँडामुनि एक राउण्ड गाेली लागेको थियो ।

प्रहरीले खानतलासी गर्दा इस्लामको साथबाट प्लास्टिकमा प्याक गरिएको खैरो हिरोइन जस्तो देखिने लागुऔषध करिब ११०.२० ग्राम (प्लास्टिकसहित) र प्लास्टिक हटाएर १०७.१० ग्राम बरामद गरेको छ ।

घाइते अवस्थामा रहेका उनलाई तत्काल प्रहरीले नियन्त्रणमा लिई उपचारका लागि प्रदेश अस्पताल भद्रपुर पठाइएको छ । हाल उनको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

प्रतिक्रिया

Rabin chandra Ghimire ११ श्रावण २०८२, शनिबार

Ramro karma euta apradi lai lagu ausad Bechna bata roknu vaneko hajaru aprad hunu bata samaj lai surakxit rakhnu ho..

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार