मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

पूर्व एमाले नेतृ श्रेष्ठ एकीकृत समाजवादीको केन्द्रीय सदस्य मनोनित

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२५ भाद्र २०८०, सोमबार

झापा नेकपा एमाले परित्याग गरेकी भद्रपुर नगरपालिकाकी पूर्व उपमेयर चन्द्रा श्रेष्ठ नेकपा (एकीकृत समाजवादी ) को केन्द्रीय सदस्य मनोनित भएकी छन् ।

नेकपा एमाले जिल्ला कमिटी उपसचिव रहेकी श्रेष्ठले गत फागुन १९ गते पार्टी परित्याग गरेकी थिइन् । उनी विगत ३२ वर्षदेखि एमालेमा आवद्ध रहेकी थिइन् । त्यस्तै श्रेष्ठसंगै एमाले परित्याग गरेका प्रदेश कमिटी सदस्य पदम थापालाई एकीकृत समाजवादीले केन्द्रीय परिषद सदस्यको जिम्मेवारी दिएको छ । पार्टीको हिजो बसेको सचिवालयको बैठकले दुवैलाई मनोनित गरेको हो ।

एमाले परित्याग गरेका पुराना नेता नरेश खरेललाई पनि केही महिनापछि पार्टीले जिम्मेवार पदमा मनोनयन गर्ने भएको छ । उनकी श्रीमती पूर्व सांसद पवित्रा निरौला खरेल अहिले अष्ट्रेलियामा रहेकाले स्वदेश फर्केपछि दुवैलाई पार्टी प्रवेश गराएर जिम्मेवारी दिने पार्टी स्रोतले जनाएको छ ।

त्यस्तै केही दिनअघि नेकपा माओवादी केन्द्र परित्याग गरेका झापाका ७१ जना एकीकृत समाजवादीमा प्रवेश गर्ने भएको नगर अध्यक्ष श्रीप्रसाद सिटौलाले बताए । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’ संचालन गरेकै दिन बिर्तामोडका ७१ जना नेता कार्यकर्ताले पार्टी परित्याग गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार