मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

गौरीगञ्जकी रविनाले जन्माइन् तिम्ल्याहा बच्चा, भरण पोषणका लागि माउ गाई सहयोग

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१५ मंगशिर २०८०, शुक्रबार

झापा झापाको गौरीगञ्ज गाउँपालिका-४ कदमगाछी सुकुम्वासी टोलमा तिम्ल्याहा बच्चा पाउने आमा तथा नवजात शिशुहरूको खानपान तथा भरण पोषणमा सहयोग पुर्याउन गौरीगञ्ज गाउँपालिकाले दुधालु गाई किनेर दिएको छ ।

गत असोजको तेस्रो साता अमिन ताजपुरियाकी बुहारी रविना ताजपुरियाले एकै पटकमा तीन बच्चाको जन्म दिएकी थिइन् । विपन्न परिवारमा बालबच्चालाई ख्वाउनका लागि दूध समेत किन्न नसक्ने अवस्था रहेको पाएपछि आमा र बच्चाका लागि नै सहयोग पुगोस् भनेर दुधालु गाई उपलब्ध गराइएको गाउँपालिका उपाध्यक्ष पूजन न्यौपाने कुवरले बताइन् । 

गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी सहितको टोली गएर तीन वटै बच्चा सहित आमाको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिँदै गाई उपलब्ध गराएको हो । विराटनगर स्थित नोवल मेडिकल कलेज विराटनगरमा रविनाले तीन बच्चालाई जन्म दिए पश्चात् भरण पोषणमा समस्या सुरु भएको बताएकी थिइन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै