मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |

पेट्रोलको मूल्य प्रति लिटर पाँच रूपैयाँले बढ्यो

देश प्रदेश डेस्क 5095+ समाचार ( )
१७ आषाढ २०८२, मङ्गलबार

झापा / नेपाल आयल निगमले पेट्रोलमा प्रति लिटर पाँच रूपैयाँले बढाएको छ ।

नयाँ मूल्यसूचीअनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटिर १६२ रुपैयाँ ५० पैसा कायम गरिएको छ। निगमले यी क्षेत्रलाई पहिलो वर्गमा राख्ने गरेको छ। यी क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ ५० पैसा कायम गरिएको छ।

दोस्रो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ कायम गरिएको छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य १४८ रुपैयाँ कायम गरिएको छ।

काठमाडौं, पोखरा र दियालमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ र डिजेल, मट्टितेलको मूल्य १४९ रुपैयाँ कायम गरिएको छ।

निगमले यी तीन स्थानलाई तेस्रो वर्गमा राखेको छ।

हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँले र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर अमेरिकी डलर ५१ ले बढाइएको छ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट असार १६ गतदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ ६४ पैसा, डिजेलमा ९ रुपैयाँ १३ पैसा र हवाई इन्धनमा ६ रुपैयाँ ८८ पैसा बढेर आएको छ।

यो मूल्यदर सोमबार मध्यरातिबाट लागू भएको छ

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार