मुख्य समाचार
सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन | १०० रुपैयाँमै भन्सार कडाइः सरकारको निर्णय व्यवहारिक कि अव्यावहारिक? |

फागुन ७ बाट सुरू हुने भद्रपुर झापा गोल्डकपको खेल तालिका सार्वजनिक

देश प्रदेश डेस्क 5094+ समाचार ( )
२४ माघ २०८१, बिहीबार

झापायही फागुन ७ गतेदेखि हुने सौर्य एअर ओम साई पाथिभरा दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ गम्भीर राई स्मृति संस्करणको खेल तालिका सार्वजनिक भएको छ ।

 प्रतियोगिताका लागि आयोजक भद्रपुर झापा गोल्डकपले बिहीबार खेल तालिका सार्वजनिक गरेको हो । आयोजक भद्रपुर झापा गोल्डकपका बरिष्ठ उपाध्यक्ष तथा टिम सम्पर्क एवम व्यवस्थापन उपसमितिका संयोजक आदित्य पराजुलीका अनुसार उद्घाटन खेल आयोजक भद्रपुर ब्लेजर्स र दार्जिलिङ पुलिस फुटबल क्लब भारतबीच हुनेछ ।

त्यस्तै, दोस्रो खेल फागुन ८ गते झापा ११ एफसीविरुद्ध मछिन्द्र फुटबल क्लबले खेल्नेछ । झापा ११ ले पछिल्लो समय सिक्किममा भएको मुख्यमन्त्री कप जितेको थियो भने ए डिभिजन लिगमा मछिन्द्र दोस्रो स्थानको टिम हो ।

भद्रपुर झापा गोल्डकपको तेस्रो खेल फागुन ९ गते पहिलो खेलको विजेतासँग नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछ । लिगमा पुलिस तेस्रो स्थानमा रहेको टोली हो ।

चौथो खेल फागुन १० गते दोस्रो दिनको विजेतासँग चर्च ब्वाइज युनाइटेडले खेल्नेछ । चर्च ब्वाइज लिग च्याम्पियन टोली हो ।

प्रतियोगिताअनुसार पाँचौँ खेल फागुन ११ गते न्यु रोड टिम (एनआरटी) विरुद्ध बंगलादेशको काउवार्न बाजार प्रगति संघले खेल्नेछ । लिगमा एनआरटी छैटौँ स्थानको टोली हो ।

भद्रपुर झापा गोल्डकपमा छैटौँ खेल फागुन १२ गते एपिएफ फुटबल क्लबले भुटानको ट्रान्सपोर्ट युनाइटेड एफसीका विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेल फागुन १३ गते हुनेछ भने दोस्रो सेमिफाइनल खेल फागुन १४ गते हुनेछ । भद्रपुर झापा गोल्डकपको फाइनल खेल फागुन १६ गते हुनेछ ।

भद्रपुरको मेची रंगशालामा हुने खेलका लागि करिब २० हजार दर्शक बस्न सक्नेगरी स्थायी प्यारापिटको मर्मत, रङरोगन तथा बाँसको अस्थायी प्यारापिट पनि निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपको विजेताले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ प्राप्त गर्नेछ । गोल्ड कप सम्पन्न गर्न एक करोड ७८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ ।

त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउने आयोजकले जनाएको छ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।

प्रतियोगितामा भद्रपुर नगरपालिका संरक्षक र झापा जिल्ला खेलकुद विकास समिति समन्वयकर्ताको रुपमा रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै