मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

झापा गोल्ड कप
चर्च ब्वाइज सेमिफाइनलमा

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२२ फाल्गुन २०८०, मङ्गलबार
झापा चर्च ब्वाइज युनाइटेड फुटबल क्लब झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेकाे छ । न्यु रोड टिम (एनआरटी) फुटबल क्लबलाइ १–० गोल अन्तरले पराजित गर्दै  सेमिफाइनलकाे यात्रा तय गरेकाे हाे । याे सगै  एनआरटी प्रतियोगिताबाट बाहिरिएको  छ  । कठिन जित निकालेर लिग च्याम्पियन चर्च ब्वाइजले अन्तिम चारमा आफूलाई सुरक्षित गर्न सफल भएको छ । चर्च ब्वाइजको जितका लागि एकमात्र गोल विदेशी खेलाडीबाट सम्भव भयो । खेलको ३६औँ मिनेटमा अवयोमी फकुन्लेले पेनाल्टी एरियाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । दायाँ साइडबाट सञ्जित राई (लाहुरे) ले दिएको पासलाई फकुन्लेले गोल गरेका थिए ।

चर्च ब्वाइजका मिलन राईले खेलको ३२औँ मिनेटमा पेनाल्टी एरियामा विपक्षी गोलरक्षकसँग वान टु वानको स्थितिमा पाएको अवसर सदुपयोग गर्न सकेनन् । उनको प्रहार गोलरक्षक पुजन होनाले उत्कृष्ट बचाउ गरे । ८५औँ मिनेटमा अनमार्क रहेका बिजु भुजेलले गोलरक्षकलाई बिट गरेर पोस्टको बायाँपट्टि गरेको प्रहार बाहिरिँदा अग्रता दोब्बर बनाउने अवसर गुमायो ।
एनआरटीले खेलको २२औँ मिनेटमा पाएको अवसर गुमायो । चर्च ब्वाइजका दीप कार्की बिट भइसकेको समयमा अनमार्क रहेका विदेशी खेलाडी ओलावाले आफिजले गोल गर्न नसक्दा खेल बराबरी गर्न चुकेका थिए । ८०औँ मिनेटमा सरोज तामाङले गरेको फ्रिकिक बार माथिबाट बाहिरिँदा एनआरटी स्तब्ध हुँदै घर फर्किन बाध्य भएको हो ।

खेलको प्लेयर अफ दि म्याच विजेता टिम चर्च ब्वाइजका सञ्जित राई (लाहुरे) भए । उनले ११ हजार रुपैयाँ पुरस्कार पाए ।

बुधबारको खेल त्रिभुवन आर्मी एफसी र मछिन्द्र फुटबल क्लबबीच हुनेछ । आर्मी चारपटकको झापा गोल्डकपको विजेता टोली हो । साविक विजेता आर्मीसँग पहिलोपटक सहभागी हुन लागेको मछिन्द्र एफसीले प्रतिस्पर्धा गर्न लागेको हो ।

फागुन २८ गतेसम्म सञ्चालन हुने गोल्डकपमा झापा ११ एफसीसहित १० टोली सहभागी छन् । विजेता टोलीले नगद १३ लाख र आकर्षक ट्रफी पाउने छ भने उपविजेताले नगद ७ लाखमा चित्त बुझाउनु पर्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार