मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |

विद्या भण्डारी एमाले प्रतिनिधि बन्न नपाउने

देश प्रदेश डेस्क 5185+ समाचार ( )
३ श्रावण २०८२, शुक्रबार

नेकपा (एमाले) को सचिवालय बैठकले दसौं महाधिवेशनका प्रतिनिधि मात्रै विधान महाधिवेशनको प्रतिनिधि बन्न पाउने निर्णय गरेको छ।

बिहीबार अबेर रातिसम्म चलेको बैठकले दोस्रो विधान महाधिवेशनमा प्रतिनिधि मनोनीत नगर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। यो सँगै एमालेको सक्रिय राजनीतिमा फर्किएकी विद्या भण्डारी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुन लागेको दोस्रो विधान महाधिवेशनमा प्रतिनिधि बन्न नपाउने भएकी हुन्। उनीसँगै मनोनीत भएका केन्द्रीय सदस्य पनि प्रतिनिधि बन्नबाट रोकिने भएका छन्। स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने लगायत पनि प्रतिनिधि बन्न पाउने छैनन्। केन्द्रीय कमिटीमा मनोनीत भएकाहरू आयोजकको हैसियतले मात्रै सहभागी हुने ज्ञवालीले बताए।

त्यस्तै सचिवालय बैठकले पदाधिकारी संख्या १५ रहने निर्णय गरेको उनले बताए। केन्द्रीय कमिटीको आकार भने २५१ सदस्यीय हुनेछ।

उपाध्यक्ष विष्ण पौडेलले प्रस्ताव गरेको विधान संशोधनमा ११ सदस्यीय पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय कमिटी थियो। सचिवालय बैठकले पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाएको हो।

एमालेको केन्द्रीय कमिटीमा तीन तहको संरचना रहनेछ।

केन्द्रीय कमिटीभित्र पोलिटब्युरो र स्थायी कमिटी रहने सचिवालयको प्रबन्ध हटाएर स्थायी कमिटी मात्रै रहने प्रबन्ध गरिएको उनले बताए।

त्यस्तै एमालेमा अब दुई खालका सदस्य रहने पनि प्रबन्ध गरिएको उनले बताए। 

‘पार्टीमा सदस्यहरू हुनुहुनेछ र संगठित सदस्यहरू रहनुहुनेछ। पार्टीका शुभचिन्तक, जनसंगठनका जोडिएका साथीहरू सदस्यहरू हुनुहुनेछ। त्यसबाट खारिएर आएका साथीहरूलाई संगठित सदस्यता प्रदान गर्ने निर्णय गरेका छौं,’ उनले भने।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार