मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

झापामा धामी झाक्रीको बिषहरी खेल सम्पन्न

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२३ भाद्र २०८०, शनिबार

झापा नेपाल राष्ट्रिय धामी वैद्यसङ्घ झापाले मनषा देवी पूजा मेला विविध कार्यक्रमकासाथ मनाएको छ । जिल्लामा रहेका आदिवासी,जनजाती( राजवंशी,सन्थाल,यादव)ले शनिबार भद्रपुर ८ स्थित निर्माणाधीन जिपी भवन अगाडी कार्यक्रम सम्पन्न गरेका हुन् । चिकित्सक, वैद्य र झारफुक तीन प्रकारका उपचार पद्धतीलाइ रोगअनुसार उपचार गर्दै आएका उनीहरुले परम्परालाई निरन्तरता कायम राख्न कार्यक्रम आयोजना गरेका थिए ।

त्यसैगरी धामीले मन्त्रको सहायताले सर्पको बिष हातमा लगाएर मन्त्रद्धारा नै घेराबन्दी लगाएर प्रतियोगिता गराइएको थियो । घेराभित्र रहेका प्रतियोगिलाई चौर वरिपरी रहेका १४ जना धामीको मन्त्रले घेरा तोडाउन सफल भएमा विजेता हुने प्रतियोगिताको नियम रहेको थियो । बिषका कारण उनिहरुको हात कुइनो भन्दा तल कामेको थियो । यस्तो खेललाई बिषहरी पत्ता खेल हुने आयोजक समितिका धामी देवचरण राजवंशीले जनाए । करिब २ घण्टासम्म कुनैपनि धामीको समूहले घेरा तोडाउन नसकेपछि देवचरण राजवंशी, बिषलाल गणेश र लखनराज राजवंशीले घेराबन्दीको मन्त्र फुकुवा गरिदिएका थिए  । केही समयपछि घेरा बाहिर रहेका धामी समूहको मन्त्रले रामुदासको समूह रायगञ्ज भारतले दोस्रो धामी भद्रपुर ७ का हंस राजवंशीलाई तानेर विजय भएकोे थियो । त्यसैगरी तेस्रो हरेन राजवंशी धामीलाई भद्रपुर ३ सोम वास्केको समूहले तानेको थियो भने पहिलो धामी अनिल राजवंशीलाई कुनैपनि  धामीको समूहले तान्न सकेन ।

कार्यक्रममा सक्कली गोमन सर्प प्रदर्शनी गर्दै भद्रपुर नगर प्रमुख गणेश पोखरेल, वडाअध्यक्षहरु मनोज सुब्बा, अभिषेक ढुङ्गाना, रतिया राजवंशी लगायतले गलामा बेरेर देखाएका थियो ।
कार्यक्रममा धामीझाक्री नाच , फुटेका सीसामाथि नांगो खुट्टाले नाच पनि प्रर्दशन गरेका थिए । प्रतियोगितामा विजेता समूह दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजार नगद प्रदान गरिएको थियो ।
सतलाल राजवंशीको अध्यक्षतामा तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको औचित्यमाथि समितिका सचिव देवचरण राजवंशीले प्रष्ट पारेको थिए भने कार्यक्रमकाे सञ्चालन आदिवासी राजवंशी भाषिक सास्कृतिक विकास प्रतिष्ठान झापाका सचिव नन्द कुमार राजवंशीले गरेका थिए ।
झापासहित भारतका  करिब एकसय जना धामी झाक्रीको सहभागिता रहेको थियो भने उनिहरुका सयौँ जना समर्थक रहेका थिए ।

प्रतिक्रिया

Nanda Kumar Rajbanshi २३ भाद्र २०८०, शनिबार

धन्यवाद @Deshpradesh khabar समाचार सम्प्रेषण को लागि ।।।।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै