मुख्य समाचार
सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन | १०० रुपैयाँमै भन्सार कडाइः सरकारको निर्णय व्यवहारिक कि अव्यावहारिक? |
मुख्य समाचार
सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन | १०० रुपैयाँमै भन्सार कडाइः सरकारको निर्णय व्यवहारिक कि अव्यावहारिक? |


दिउँसै लुटपाटको घटनामा प्रहरी हवल्दारकै संलग्नता

देश प्रदेश डेस्क 5094+ समाचार ( )
२३ चैत्र २०८०, शुक्रबार

काठमाडौंको रातोपुलमा ५ चैतमा अमेरिकी डलर साटिदिने नाममा एक युवकको ७ लाख १५ रुपैयाँ लुटिएको घटनामा नेपाल प्रहरीका बहालवाला हवल्दारकै संलग्नता देखिएको छ ।

लुटपाटको आरोपमा प्रहरी वृत्त बानेश्वरका सादा पोशाकका प्रहरी हवल्दार ३८ वर्षका चक्रबहादुर शाही र रातोपुल बस्दै आएका एक होटल सञ्चालक ३१ वर्षीय विकास लुइँटेल ६ चैतमा पक्राउ परेका छन् ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ घर भएका शाही नै उक्त लुटपाटको घटनाका मुख्य योजनाकार हुन् ।

सुमन तामाङ नाम गरेको फेसबुक आईडीमा लेखिएको थियो, ‘विदेशी मुद्रा सटहीका लागि हामीलाई सम्झनुहोस् । सम्पर्क नम्बर … ।’ यो सूचना देख्ने बित्तिकै ३ चैतमा प्रमोद श्रेष्ठले उक्त सम्पर्क नम्बरमा सम्पर्क गरे

उनले आफूलाई अमेरिकी डलर चाहिएको भन्दै सम्पर्क गरेपछि सुमन तामाङले पनि ओके गर्छन् । पोर्चुगलबाट नेपाल आउन लागेका साथीलाई दुईवटा म्याकबुक ल्याइदिन आग्रह गरेका प्रमोदले त्यसबापत पैसा पठाइदिनुपर्ने थियो ।

२ वटा म्याकबुक किन्न ७ लाख १५ हजार रुपैयाँ बराबरको अमेरिकी डलर साटेर खातामा जम्मा गर्नू भनेपछि प्रमोदले अनलाइनमार्फत डलर सटही गर्ने सम्पर्क खोजिरहेका थिए ।

सोही क्रममा सुमन तामाङ नामको फेसबुक पोस्टमा पुगेको प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । प्रमोदले फोन गरेपछि तामाङले उक्त कुरा हाल पक्राउ परेका प्रहरी हवल्दार शाही, लुइँटेल र फरार रहेका बम थरका अर्का एक व्यक्तिलाई जानकारी गराउँछन् ।

तामाङले ५ चैतमा डलर साटिदिने आश्वासन दिन्छन् र प्रमोदलाई नगद नै लिएर रातोपुलस्थित एक क्याबिन रेस्टुरेन्टमा बोलाउँछन् । दिउँसो ३ बजेतिर उक्त रेस्टुरेन्टमा आइपुगेको भन्दै प्रमोदले तामाङलाई फोन गर्छन् ।

तामाङले प्रमोदलाई त्यहीँ बस्दै गर्न भन्छन् । त्यसपछि सबै विवरण हवल्दार शाहीमेन , उक्त रेष्टुरेन्टसञ्चालक लुइँटेल र बमलाई जानकारी गराउँछन् ।

डलर साट्न पैसा निकालेर गन्दै गरेका बेला हवल्दार शाहीसहितको टोली होटलमा गएर प्रमोदको हातमा हत्कडी लगाउँदै आफू सीआईबीको प्रहरी भएको बताउँछन् ।

‘म सीआईबीबाट आएको प्रहरी हो । यसरी अवैध रुपमा होटल–होटलमा डलरको काम गर्न पाइन्छ ? अब चौकी पु¥याउँछु’, भन्दै हवल्दारले प्रमोदलाई धम्की दिन्छन् ।

करिब डेढ घण्टासम्म प्रमोदलाई हत्कडी लगाएर होटलमै राखेर उनीहरुले धम्क्याएको पाइएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए ।
त्यसपछि हवल्दार र होटलवालासहित चार जनाको टोलीले प्रमोदसँग भएको ७ लाख १५ हजार रुपैयाँ लुटपाट गर्दै कतै जानकारी गराए राम्रो नहुने धम्की दिन्छन् ।

रकम लुटपाट भएलगत्तै प्रमोदले प्रहरी वृत्त गौशालामा घटनाको जानकारी गराउँछन् । प्रहरी वृत्त गौशालाले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवन जान सुझाएपछि भोलिपल्ट ६ चैतमा उनले अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका थिए ।

त्यसपछि अपराध अनुसन्धान कार्यालयको टोलीले रातोपुलस्थित होटलमा गएर होटल सञ्चालक लुइँटेललाई पक्राउ गरेको थियो । उनकै बयानका आधारमा प्रहरीले नयाँ बानेश्वर वृत्तमा कार्यरत हवल्दार शाहीलाई पक्राउ गरेको हो ।

लुटपाट भएकोमध्ये १ लाख ८२ हजार रुपैयाँ होटल सञ्चालक लुइँटेलबाट बरामद गरेको प्रहरीले जनाएको छ । त्यस्तै हवल्दारबाट ४ लाख रुपैयाँ बरामद भएको थियो ।

बाँकी रकम भने हाल फरार भएका बम थरका एक लुटेरा र सामाजिक सञ्जालमा विदेशी मुद्रा सटहीको सूचना राख्ने सुमन तामाङले लगेको पक्राउ परेकाहरुले बयानमा खुलाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार