मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

ट्रयाक्टरमा माटोले छोपेर काठ ल्याउने दुई पक्राउ, प्रहरीलाई घुस दिने प्रयास

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२३ मंगशिर २०८०, शनिबार

झापा  ट्रयाक्टरमा माटोले छोपेर चिरानी काठ चोरी तस्करी गर्न खोज्ने दुई जना अर्जुनधारामा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा अर्जुनधारा ३ बस्ने ४० वर्षीय कृष्ण श्रेष्ठ र सोही ठाउँ बस्ने ३८ वर्षीय रोहित घतानी रहेका छन् । आज बिहान ५ः५० बजेको समयमा अर्जुनधारा ५ बाँसबारीस्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मे १ त ८०५ नम्बरको ट्रयाक्टरलाई गोप्य सूचनाको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको टोलीले रोकी चेकजाँच गर्दा माटोले छोपेर ल्याउँदै गरेको ५फिटको २ थान,६ फिटको ११ थान,७ फिटको १९ थान,८ फिटको २० थान गरी जम्मा ५२ थान अन्दाजी ५४.५क्युफिट सखुवा जातको चिरान काठ फेला परेको थियो ।

काठ ल्याउने श्रेष्ठ र घतानीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीलाई उनीहरुले ९५ हजार रुपैयाँ घुस दिन खोजेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए । घुस दिन खोजेको नगद , २ लाख ७० हजार मूल्य बराबरको काठ र ट्रयाक्टरसहित दुवैलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनीमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक गिरीले जानकारी दिए । उनका अनुसार काठ , ट्रयाक्टर र दुवैलाई डिभिजन वन कार्यालय बुझाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै