झापा / अरु वर्षहरूकाे जस्ताे याे वर्ष दशैमा काठमाडाैंबाट घर जान अग्रिम टिकट बुकिङ नखुल्ने भएकाे छ ।
मंगलबार यातायात व्यवस्था विभागमा सबै पक्षको छलफल भएको थियो। छलफलमा अध्यक्ष स्वाँरले काठमाडौंबाट यात्रु बाहिरिने क्रम बढेकाले दसैंकै लागि भनेर टिकट बुकिङ खुलाउन आवश्यक नरहेको बताएका हुन्।
उनले दशैंका लागि घर जानेहरूले ३-४ दिन अगाडि नै बसको टिकट लिने व्यवस्था मिलाइएको समेत जानकारी दिए।