मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

गिरीबन्धुका चिया मजदुर पारिश्रमिक माग्दै सडकमा

देश प्रदेश डेस्क 5164+ समाचार ( )
५ जेठ २०८१, शनिबार

 झापा गिरीबन्धुका चिया मजदुर आन्दोलनमा उत्रिएका छन्  । गत फागुन महिनादेखि तलव नपाएपछि  र्यालीसहित तलव भुक्तानीको माग गर्दै पहिलो चरणको आन्दोलन सुरु गरेका हुन् ।

मजदुर क्वाटरबाट सुरु भएको र्याली बिर्तामोड बसपार्क प्रवेश गर्ने ठाउँमा कोणसभा गरिएको थियो । श्रमिकको पारिश्रमिक भुक्तानी गर्नुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा लागू गर्नुपर्ने, हदबन्दी छुटको जग्गा फिर्ता गर्नुपर्ने लगायतका माग गर्दै र्याली सम्पन्न गरिएको थियो । नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ गिरीबन्धु इकाई कमिटीले आयोजना गरेको आन्दोलनको कार्यक्रममा मजदुर नेताहरुले श्रमिकको ज्याला तुरुन्त भुक्तानी दिन माग गरेका छन् ।

मजदुर नेता सईकुमार राईले मजदुरहरु रहरले नभई बाध्यताले सडकमा आउनुपरेको बताएका छन् । उनले भोको पेटमा श्रमिकहरु बाँच्न बाध्य भएको बताए । उनका अनुसार पारिश्रमिक उपलब्ध गराई पाऊ भन्दै जिल्ला प्रशासन, श्रम कार्यालय, बिर्तामोड र अर्जुनधारा नगरपालिकामा ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझाउन पनि व्यवस्थापक तथा सञ्चालकहरुले मजदुरको भुक्तानी नगरेको उनको भनाई छ । अढाई महिनादेखि भोकै बस्न बाध्य मजदुरहरु कठोर आन्दोलनमा जाने चेतावनी दिएका छन् । मजदुर नेता राईले श्रम कानुन मिच्ने दलाल व्यवसायीहरुलाई राज्यले जरिवाना गर्दै जेल हाल्नुपर्ने माग गरेका छन् ।

गिरीबन्धु टि–स्टेट मास्न सक्रिय दलालहरुका कारण मजदुरहरु समस्या परेको उनको भनाई थियो । त्यस्तो समूहकै कारण बगान क्षेत्रको विकास रोकिएको छ, उनले भने – विगतमा ५ सय मजदुर काम गर्ने बगानमा अहिले १७० मात्रै मजदुर कार्यरत छन् । राज्यको जमिन हडप्ने, महंगो मुल्यमा जमिन बेच्नेहरुलाई मजदुुरले साथ नदिने राईको धारणा छ ।

नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ गिरीबन्धु इकाई कमिटीका अध्यक्ष नारायण दर्जीले मजदुरहरु अब भोकै दिनहरु विताउन नसक्ने अवस्थामा पुगेको बताए । उनले बालबालिका र वृद्ध बुबाआमाहरुको अवस्था नाजुक बन्दै गइरहेकोले मजदुरको समस्या सम्बोधन गर्न सहयोगका लागि अपिल समेत गरेका छन् ।

मजदुर नेताहरुले आफु मोजमस्ती गर्ने, मजदुरको पारिश्रमिक नदिने सञ्चालक शेयर सदस्यहरुको बैंक खाता रोक्का गर्नुपर्ने माग समेत गरेका छन् । बैंक खाता रोक्का गरेर मजदुरको पारिश्रमिक उठाउन उनीहरुको माग थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार