मुख्य समाचार
जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत | आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित |
मुख्य समाचार
जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत | आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित |


झापामा ६ महिनामा सम्बन्ध विच्छेदका ७ सय २८ वटा मुद्धा दर्ता

देश प्रदेश डेस्क 5189+ समाचार ( )
२३ माघ २०८१, बुधवार

झापा चालु आर्थिक वर्ष २०८१०८२ को ६ महिनामा सम्बन्ध विच्छेदका ७ सय २८ वटा मुद्धा दर्ता भएका छन् । सम्बन्ध विच्छेदका लागि बढी महिला आउने गरेका छन् । तर नयाँ मुलुकी संहिता लागु भएपछि पुरुषहरुले पनि सम्बन्ध विच्छेदको मुद्धा दिने गरेका छन् । ६ सय ३५ वटा मुद्धा महिलाले र ९३ वटा मुद्धा पुरुषले सम्बन्ध विच्छेदका मुद्धा दर्ता गरेको अदालतका श्रेस्तेदार किरणकुमार सिंहले जानकारी दिए ।नयाँ मुलुकी सहिंता जारी भएसँगै पछिल्लो समय झापा जिल्ला अदालतमा मुद्धा दर्ताको चाप बढेको हाे । अदालतमा मुद्धाको चाप बढेसँगै सम्बन्ध विच्छेदका मुद्धासमेत बढि रहेका छन् ।

अदालतका श्रेस्तेदार सिंहका अनुसार नयाँ मुलुकी देवानी सहिंता जारी भएसँगै जिल्लामा मुद्धाको चाप अत्यधिकरुपमा बढेको छ । विगतका आर्थिक वर्षका तुलनामा गत आर्थिक वर्ष २०८००८१ मा झापा जिल्ला अदालतमा १ हजार ७५ थान मुद्धा बढी दर्ता भएका थिए । कुल मुद्धामध्ये सम्बन्ध विच्छेदका आधाभन्दा बढी थिए ।

उनका अनुसार ७ सय २८ वटा सम्बन्ध विच्छेदका मुद्धामध्ये ४ सय ९४ वटा फस्र्याेट भएका छन् । २ सय ४९ वटा मुद्धा विचाराधीन रहेको अदालतले जनाएको छ । नयाँ मुलुकी सहिंता जारी भएसँगै पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने ब्यवस्था भएकाले जिल्लामा सम्बन्ध विच्छेदका घटनामा वृद्धि भएको सिहंको भनाई छ । सामाजिक सञ्जाल, वैदेशिक रोजगारी तथा सचेतनाको विकासका कारण सम्बन्ध विच्छेद गर्नेको सख्यामा वृद्धि भएको हुन सक्ने बताइएको छ ।

मुलुकी देवानी संहिता लागू भएपछि महिला र पुरुषलाई समान अधिकारको प्रत्याभूति गर्दै पुरुष पनि सम्बन्ध विच्छेदका लागि सिधै अदालत जान पाउने व्यवस्था भएपछि सम्बन्ध विच्छेदको लागि पुरुषहरुले समेत मुद्धा दर्ता गराएका छन् ।

पुरुषलाई पनि सम्बन्ध विच्छेदको कानुनी अधिकार भएपछि सम्बन्ध विच्छेदका मुद्धाहरु बढेको कानून व्यवसायीकाे भनाइ छ । २०७५ साल भदौ १ गतेदेखि कार्यान्वयनमा आएको देवानी संहिताले सम्बन्ध विच्छेदका लागि पुरुषलाई पनि सोझै अदालत जाने बाटो खुल्ला गरेको छ । जसका कारण अहिले जिल्ला अदालमा सम्बन्ध बिच्छेदका लागि पुरुष पुग्न थालेका छन् । यसअघि पुरुषलाई भएको अधिकार झन्झटिलो भएका कारण पनि पुरुषहरु समस्या हुँदाहुदै पनि मुद्धा दर्ता गर्न पाउने व्यवस्था थिएन ।

२०७५ साल भदौं १ गते देखि कार्यान्वयनमा आएका मुलुकी देवानी संहिता , २०७४, मुलुकी देवानी कार्यविधि संहिता, मुलुकी अपराध संहिता, २०७४ मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ र फौजदारी कसूर ‐सजाय निर्धारण र कार्यान्वयन ऐन, २०७४ ले मुलुकको समग्र कानून प्रणालीमा आधारभूत परिवर्तन ल्याएका छन् ।

बिशेष गरी सम्बन्ध विच्छेदका मुद्धा बढ्नुमा दुबै पक्षको बुझाइमा कमी, वैदेशिक रोजगारी, श्रीमान श्रीमती बीच अनुशासनको कमी जस्ता मुख्य कारणहरु देखिएको कानून व्यवसायीहरु बताउँछन् । सम्बन्ध विच्छेदमा कम उमेरमा बिवाह गर्नु, चेतनाको कमी हुनु, एकअर्काप्रति जिम्मेवार नहुनु, यौन सम्बन्ध पनि कारण रहेको कानूनविद्को भनाइ छ ।

‘सम्बन्ध विच्छेदको कारणमा वैदेशिक रोजगारलगायत अन्य थुप्रै कारणहरु छन् ’ श्रेष्तेदार सिहंले भने तर, अदालतमा मुद्धा प्रवेश गर्दा खान लाउन नदिएको, घरबाट निकाला गरेको, श्रीमानले ३ ४ वर्षदेखि लगातर छाडेर बसेको वा अहित गरेको कारण देखाउने गरेको अवस्था छ । ’

बिगतमा कोरोनाले गर्दा जनजीवन प्रभावित भए पनि सम्बन्ध विच्छेदका मुद्धामा भने कमी आएको थिएन् । अदालतमा दैनिक एक दुई जना सम्बन्ध विच्छेदको मुद्धा दर्ता गर्न आउने गरेका छन्। घरको व्यवहार र खटपट सहन नसकेपछि नालिस गर्न आउनेको संख्या दैनिक बढ्दै गएको छ । महिलाहरु आफै वा कुनै माध्यमबाटै र पुरुषहरु अदालतसम्म पुग्ने गरेका छन् । अधिकांशको सम्बन्ध ३ देखि ५ वर्षमा टुंगिने गरेको छ । अदालतमा आएका घटनालाई विश्लेषण गर्दा १८ देखि २८ वर्षका दम्पत्ती बढी छुट्टिने गरेका छन्। कलिलै उमेरमा प्रेम विवाह गर्ने तर त्यसलाई व्यवस्थापन गर्न नसक्दा सम्बन्ध प्रगाढ नहुँदै टुट्ने गरेको कानुन व्यवसायीकाे अनुभव छ । अधिकांस प्रेम विवाह गरेकाहरु नै सम्बन्ध विच्छेद गर्न आउने गरेको पाइएकाे छ  । युवा अवस्थामा केटाकेटि यर्थात भन्दा भावनामा बगेपछि  पूरा नहुँदा पारिवारिक वेमेल उत्पन्न भई सम्बन्ध विच्छेद बढ्दो छ । लहलहैमा विवाह गर्ने संख्या बढ्दो रहेकाे पाइएकाे छ  । कलिलो उमेरमा विवाह गर्यो बुझ्ने भएपछि धेरै कुरामा असमझदारी हुन्छ । किचलो हुन थालेपछि घरेलु हिंसा र यातना बढ्ने गरेको छ । त्यसपछि सम्बन्ध विच्छेदका लागि अदालत आउने गर्छन् ।

मादक पदार्थ सेवन गरि झैझगडा गर्ने, गरिवी र विपन्नताले बेरोजगार हुँदा पनि समस्या हुने गरेको छ । घर परिवारमा शरीरिक तथा मानसिक यातना पाएका, चरम यौन शोषण दाईजो र नपुंशकताले पनि सम्बन्ध विच्छेदका कारण बनेका छन् । अन्तरजातीय प्रेम विवाह पनि सम्बन्ध विच्छेदको अर्को कारण बनेको अदालतले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार