मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

ताप्लेजुङबाट झापा आउँदै गरेको ट्रक दुर्घटना हुँदा लिफ्ट मागेका पौडेलको मृत्यु,दुइ घाइते

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२३ कार्तिक २०८१, शुक्रबार

झापा ताप्लेजुङबाट झापा आउँदै गरेको ट्रक मेची राजमार्गको फिदिम ताप्लेजुङ सडकखण्डअन्तर्गत पाँचथरको भारपामा दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।हिलिहाङ–६ ढकाल गाउँनजिक ना ४ ख ७१२३ नम्बरको ट्रक दुर्घटना हुँदा हिलिहाङ–३ साम्रेका ५७ वर्षीय भवानीशंकर पौडेलको घटनास्थलमै ज्यान गएको हो । उनी सो ट्रकमा गोपेटारबाट लिफ्ट मागेर फिदिम आउँदै गरेका थिए । दुर्घटनामा परी ट्रकका चालक इलाम सूर्योदय नगरपालिका–१२ निवासी ५२ वर्षीय तेजबहादुर दास र ट्रक मालिक झापा बिर्तामोड १ चारपानेका ४० वर्षीय राजकुमार बस्नेत घाइते भएका छन् ।

उनीहरुको शरीरका विभिन्न अंगमा चोट लागेको छ । अवस्था जटिल रहेकाले उनीहरुलाई पाँचथर अस्पतालबाट बिर्तामोडस्थित बीएण्डसी अस्पतालका लागि रेफर गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

ट्रक हिलिहाङ–१ सिंहापुरदेखि झापाका लागि गोलिया बोकेर आउँदै गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी बेनिलाल साहले बताए ।ट्रक ब्रेक फेल भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार