मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

‘उज्यालो नेपाल, उज्यालो भविष्य, विकास समृद्धि र सामाजिक न्याय हाम्रो लक्ष्य’ नारासहित उज्यालाे नेपालकाे घाेषणपत्र सार्वजानिक

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१८ मंगशिर २०८२, बुधवार
झापा / कुलमान घिसिङको संरक्षकत्वमा गठन भएको उज्यालो नेपाल पार्टीले ‘उज्यालो नेपाल, उज्यालो भविष्य, विकास समृद्धि र सामाजिक न्याय हाम्रो लक्ष्य’ नारासहित आफ्नाे घाेषणपत्र सार्वजानिक गरेकाे छ ।
बुधबार काठमाडौँमा सार्वजनिक पार्टीको घोषणापत्रमा पार्टीका मुख्य कार्यक्रम र मुख्य उद्देश्यबारे केन्द्रीय सदस्य रिमा विश्वकर्माले जानकारी दिँदै ‘सुशासन, समृद्धि तथा सामाजिक न्याय’ लाई प्राथमिकतामा राखेको उद्घाेष गरेकि छिन् ।

सुशासन र पारदर्शितालाई आफ्नो बाचा बनाएको सो पार्टीमा नेपाल र नेपालीको उज्यालो भविष्यका लागि राष्ट्रका सचेत, सक्षम, इमानदार र प्रतिबद्ध नागरिकहरूको सहभागिता र संलग्नतामा नेपालको राजनीतिक अभ्यासमा नयाँ युगको प्रारम्भ गर्ने सङ्कल्प र योजनाका साथ उज्यालो नेपाल जन्म भएको जानकारी गराइएको छ ।

‘राजनीतिक आदर्श विचार र मूल्य मान्यता । न्याय प्रणाली, सुशासन र पारदर्शिता अपनाइने छ’, पार्टीको घोषणापत्रमा भनिएको छ । घोषणापत्रमा वर्तमान संविधानलाई स्वीकार्ने । तर केही व्यवस्थाहरू संशोधन गर्ने उल्लेख छ । 

‘स्थिर सरकार निर्माण गर्न समानुपातिक समावेशीलाई सुनिश्चित गरी निर्वाचन प्रणाली परिवर्तन गर्ने तथा प्रदेश र स्थानीय तहको सङ्ख्या पुनरावलोकन गर्ने’, सार्वजनिक घोषणापत्रमा भनिएको छ । 

‘शासकीय सुधारका सम्बन्धमा मन्त्रालयको सङ्ख्या पुनरावलोकन गर्ने, प्रदेशमा प्रत्यक्ष मुख्यमन्त्री चयनसहित ५ सदस्यीय मन्त्रीमण्डल हुनुपर्ने सो पार्टीको घोषणापत्रमा उल्लेख छ ।

त्यस्तै स्थानीय तहको चुनाव गैरदलीय हुनुपर्नेमा उज्यालो नेपाल पार्टीको घोषणापत्रमा उल्लेख छ । उच्च राजनीतिक चेतना र चिन्तन प्रणालीको प्रतिनिधित्व गर्ने राजनीतिक दल स्थापना र विस्तार गरी सामाजिक न्यायको प्रत्याभूति गर्ने उद्देश्यले गठन गरिएको उक्त पार्टीले शासकीय प्रणाली र असल राजनीतिक संस्कार अभ्यासलाई महत्वका साथ अघि सारेको छ ।

कार्यक्रममा नेपाल सरकारका मन्त्री कुलमान घिसिङ पूर्वमन्त्री सुमना श्रेष्ठ समेत उपस्थित रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार