साङ्केतिक तस्वीर
झापा । दाङको लमहीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय १० वर्षीया स्वस्तिका चौधरी रहेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ ।
पूर्व–पश्चिम
राजमार्ग अन्तगर्त लमही नगरपालिका –१ नर्तीमा मोटरसाइकलले ठक्कर दिँदा
बालिका घाइते भएकी प्रहरीले जनाएकाे छ । स्वस्तिका आफ्नो घरबाट छिमेकीको घरमा जाँदै गर्दा मोटरसाइकलले ठक्कर
दिएको थियो।
वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक प्रकाश भुसालका अनुसार आइतबार बेलुका करिब पौने आठ बजेतिर बाटो काट्दै गरेकी स्वस्तिकालाई लु ९५ प ८९५ नम्बरको मोटरसाइकलले ठक्कर दिई गम्भीर घाइते तुल्याएको थिय। मोटरसाइकल पश्चिमबाट पूर्वतर्फ जाँदै थियो।
गम्भीर घाइते बालिकालाई उद्धार गरी लमही अस्पतालमा उपचारका लागि लगिएको भए पनि उनको उपचारका क्रममा मृत्यु भएको भुसालले बताए।
ठक्कर दिने मोटरसाइकल चालक गढवा गाउँपालिका– २ महादेवाका २९ वर्षीय अपिल शर्मा पनि घाइते छन्। प्रहरीका अनुसार उनलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको छ।