मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

झापामा शक्तिको आडमा गरिव एकल महिला माथि अन्याय

देश प्रदेश डेस्क 5164+ समाचार ( )
१ माघ २०८२, बुधवार

झापा / झापाकाे विर्तामाेड नगरपालिका १ बस्ने ७५ वर्षीया एकल महिला माथि शक्तिकाे आडमा अन्याय गरिएकाे छ ।

कानुनी रुपमा मोहियानी हक पाइसकेको अवस्थामा शक्तिको बलमा जानकी राजवंशीलाई हिरासतमा राखेर अन्याय गरेकाे हाे ।  भूमिसुधार तथा मालपोत कार्यालयबाट कानुनी प्रक्रिया अनुसार मोहियानी हक पाएकी एकल महिला ७५ वर्षीया लाई जग्गाधनीले प्रहरी प्रशासनलाई दबाब दिएर थुनाएका थिए । उपसभामुख इन्दिरा राना मगरको सहजीकरणमा हिजो प्रहरी कार्यालयबाट उनलाई जमानतमा रिहा गरिएको हो । उनका भतिजा रामबहादुर राजवंशी भने थुनामै रहेका छन् ।

२०३७ सालदेखि जग्गा कमाएको मोहीको सम्पूर्ण प्रमाण भएपछि गत महिना भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुख लेवनकश्यप अधिकारीले विपन्न जानकी राजवंशीलाई एक विगाह मोहियानी हक दिलाएका थिए । त्यस निर्णयको विरुद्धमा जग्गाधनीले दलबलसहित करिब एक सातासम्म मालपोत कार्यालय धर्ना तथा हुलहुज्जत गरेका थिए । त्यसपछि उनीहरूले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा गएर दबाब दिएका थिए ।

अर्धन्यायिक निकायको रुपमा रहेको भूमिसुधार कार्यालयको निर्णयउपर चित्त नबुझेमा माथिल्लो निकायमा जान सक्ने कानुनी बाटो भएको कार्यालय प्रमुख अधिकारीले बताउँदै आएका छन् । तर, जग्गाधनीले दबाब दिएर जानकी र उनका भतिजा रामबहादुरलाई थुनाएका छन् । उपसभामुख राना मगरले सोझा सीधा राजवंशी परिवारमाथि घोर अन्याय भएको बताएकी छन् ।आफूले एकल रहेकी जानकी राजवंशीको लागि निरन्तर रूपमा लागिपरेको उनले जानकारी दिइन् ।

जानकी र उनका भतिजा रामबहादुरविरुद्ध जाहेरी दर्ता भएपछि पक्राउ गरी अनुसन्धान बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी राजन लिम्बूले बताए । उनले आवश्यक अनुसन्धान सकेर अदालतसमक्ष बुझाउने जानकारी दिएका छन् । जग्गाधनीले चर्को दबाब दिएर जिल्ला प्रहरी कार्यालयमा राजवंशी परिवारविरुद्ध जाहेरी दर्ता गरेको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार