मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

लियो क्लब अफ भद्रपुरको अध्यक्षमा आराध्या प्याकुरेल

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१५ आषाढ २०८३, सोमबार

झापा / लियो क्लब अफ भद्रपुरको अध्यक्षमा भद्रपुर ८ निवासी आराध्या प्याकुरेल सर्वसम्मत चयन भएकी छिन् । भर्खरै सम्पन्न AGM बाट प्याकुरेलको नेतृत्वमा सन् २०२६/२०२७ कार्यकालका लागि क्लबको नयाँ कार्यसमिति चयन गरिएको नव निर्वाचित प्रथम उपाध्यक्ष प्रतीक साह रौनियारले जानकारी दिएका छन् ।

​नयाँ कार्यसमितिको द्वितीय उपाध्यक्षमा आदित्य दास, सचिवमा आरोग्य तिम्सिना र कोषाध्यक्षमा रिदिप अधिकारी सर्वसम्मत चयन भएका छन् ।

​त्यस्तै, कार्यसमितिको सदस्यहरूमा मनीष पौडेल, शुभम कर्ण, सुस्मिता राई, कुशल महत, भारती शर्मा, सुन्दरम चौधरी, यथार्थ कार्की र आयुषा पोखरेल चयन भएका छन् ।

​नवनिर्वाचित अध्यक्ष प्याकुरेलले आफ्नो कार्यकालमा क्लबलाई थप ऊर्जावान् र गतिशील बनाउँदै सेवाका क्षेत्रमा नयाँ मानक स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्। "Leadership Beyond Limits, Service Beyond Self" भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै उनले भनिन्, "हाम्रो उद्देश्य समाज सेवा संगै, लियो सदस्यहरूमा नेतृत्व क्षमता र व्यक्तित्व विकास गर्दै उनीहरूलाई समाजको सक्षम नागरिकका रूपमा उभ्याउनु पनि हो।"

​अध्यक्ष प्याकुरेलले आफ्नो कार्यकालका प्रमुख प्राथमिकताहरू सार्वजनिक गर्दै निम्न क्षेत्रमा विशेष जोड दिने बताइन् , वातावरण संरक्षण, ​सामाजिक सशक्तीकरण, नेतृत्व विकास, मानवीय सेवा र युवा तथा खेलकुद । ​उनले थपिन्, "हामी टिमका प्रत्येक सदस्यको सिर्जनशीलता र सहकार्यलाई प्रवर्द्धन गर्दै लियो क्लब भद्रपुरलाई समाजमा सकारात्मक परिवर्तनको संवाहक र नेतृत्व विकासको केन्द्रका रूपमा अगाडि बढाउनेछौँ।"

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार