मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

खुकुरी प्रहार गरी श्रीमतीको हत्या, पक्राउ परे श्रीमान

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१८ आषाढ २०८२, बुधवार

झापा / रुकुम पश्चिमकाे चौरजहारी नगरपालिका–३ टाटागाउँमा श्रीमानले आफ्नै श्रीमतीकाे खुकुरी प्रहार गरेर हत्या गरेका छन् ।

गएराति ३० वर्षीया देविका बुढाथोकीलाई उनीकै श्रीमान ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले  राति घरमै खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएकाे छ।

स्थानीयले घटनाबारे जानकारी दिएपछि राति नै इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक दिपेन्द्र रावतको नेतृत्वमा खटिएको टोलीले चन्द्रबहादुरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख डिएसपी प्रमेश विष्टले बताए।

प्रहरीले हत्यामा प्रयोग भएको खुकुरी पनि बरामद भएको जानकारी दिएको छ ।

डिएसपी बिष्टकका अनुसार आपसी विवादपछि श्रीमानले श्रीमती माथि खुकुरी प्रहार गरेको कुरा प्रारम्भिक अनुसन्धान बाट खुलेको जानकारी दिए ।

श्रीमान – श्रीमतीका बीचमा यसअघि पनि पटक / पटक झगडा हुने गरेको कुरा खुल्न आएको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान हुने प्रहरीले बताएको छ

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार