मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

पत्रकार राजु पाठकको सम्पादकत्वमा तयार गरिएको सुखानी सन्देशको वैदेशिक रोजगार विशेषाङ्क विमोचन

देश प्रदेश डेस्क 5418+ समाचार ( )
३ फाल्गुन २०८२, आइतबार

झापा   वैदेशिक रोजगारका क्षेत्रका समस्या, चुनौती र त्यसका समाधानका विषयहरूलाई समेटेर तयार गरिएको ‘सुखानी वैदेशिक रोजगार विशेषाङ्क पुस्तक आइतबार भद्रपुरमा विमोचन गरिएको छ  । प्रेस क्लब भद्रपुरका अध्यक्ष राजबाबु शंकरको अध्यक्षता तथा नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइरालाको प्रमुख आतिथ्यमा पुस्तक विमाेचन गरिएकाे हाे । 

प्रेस क्लब भद्रपुरको आयोजनामा पत्रकार राजु पाठकको सम्पादकत्वमा तयार गरिएको ‘सुखानी वैदेशिक रोजगार विशेषाङ्क म्यागेजिन प्रमुख अतिथि कोइराला, नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, वैदेशिक रोजगार व्यवसायी संघ झापाका अध्यक्ष धनबहादुर पन्धाकलगायतले संयुक्त रुपमा  विमोचन गरेका थिए ।

महासंघ झापा अध्यक्ष एकराज गिरीले पुस्तकको चर्चा गरेको कार्यक्रममा स्वागत प्रेस क्लब भद्रपुरका महासचिव भेषराज नेपालले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि कोइराला, महासंघ कोशी प्रदेश उपाध्यक्ष भण्डारी, महासंघ पूर्व अध्यक्ष तारामणि सापकोटा, वैदेशिक रोजगार व्यवसायी संघ झापाका अध्यक्ष धनबहादुर पन्धाकलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन  क्लबकाका उपाध्यक्ष रोहित काफ्लेले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार