मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

जेनजीकाे आक्रमणमा परेका देउवा दम्पतीबारे बोलेन कांग्रेस कार्यसम्पादन समिति

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२९ भाद्र २०८२, आइतबार

झाप / जेनजी आन्दोलनका क्रममा भौतिक आक्रमणमा पर्नेमा विघटित प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजजु राणा परेका छन् । भदौ २४ गते बुढानीलकण्ठस्थित निवासमा रहेका देउवा र उनीकी पत्नी तथा निवर्तमान परराष्ट्रमन्त्री राणा देउवालाई जेनजी समूहका आन्दोलनकारीले भौतिक आक्रमण गरेका भिडियोहरू बाहिरिएका छन् ।

उनीहरूमाथि भौतिक आक्रमण मात्रै भएन निवास पनि जलेर ध्वस्त भएको छ । त्यसपछि नेपाली सेना, सशस्त्र प्रहरीले दुवै जनालाई हेलिकोप्टरमार्फत उद्धार गरी उपचार गरेर सुरक्षित स्थानमा पुर्‍यायो । अहिले  देउवा दम्पती सुरक्षित स्थानमा छन् ।

वृद्ध अवस्थामा पुगेका पार्टी सभापतिमाथि भएको आक्रमणको सामाजिक सञ्जाल र अन्य पक्षबाट विरोध भइरहेका छन् । तर देउवा जुन पार्टीको सभापति छन्, त्यो पार्टीको शुक्रबार साँझ बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले भने उनलाई शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छैन । देउवाले नै बनाएका पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा देउवाको नाम थरसमेत लेख्न कन्जुस्याइँ गरिएको छ ।

बैठकपछि जारी विज्ञप्तिमा आन्दोलनमा मृत्यु भएकाप्रति श्रद्धाञ्जली र घाइतेको उपचारको प्रबन्ध गर्न ध्यानाकर्षण गराइएको छ । ‘पछिल्लो आन्दोलनमा जीवन गुमाएका युवाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । सम्पूर्ण घाइतेको सम्पूर्ण उपचार प्रबन्ध गर्न ध्यानाकर्षण गराएको छ,’ पौडेलद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।

बैठक उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको थियो । खड्का पनि कांग्रेसको १४ औँ महाधिवेशनमा देउवा प्यानलबाटै उपसभापतिमा निर्वाचित भएका थिए । तर, उनले पनि देउवाबारे एक वाक्य पनि राख्न सकेनन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार