मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे

भेषराज नेपाल 129+ समाचार ( )
२२ जेठ २०८३, शुक्रबार

झापा / झापाको दमक–८ की २१ वर्षीया रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे पाइएकाे छ । घटनामा संलग्न रहेको आरोपमा नेपाल प्रहरीले एक भारतीय नागरिक पक्राउ गरेपछि रहस्य बाहिर आएको हो । 

जिल्ला प्रहरी कार्यालय झापाले शुक्रबार पत्रकार सम्मेलन गरी भारतको विहार जिल्ला अररिया घर भई हाल दमक-५ मा डेरा बस्दै आएका ३४ वर्षीय रमेश कुमार पण्डितलाई पक्राउ गरिएको जानकारी दिएको हो । घटना भएको एक हप्तापछि प्रहरीले आरोपितको नाम सार्वजनिक गरेको छ ।

प्रहरीले दिएको विवरण अनुसार, घटना पछि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्राविधिक सहितको प्रहरी टोली, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय धरान सुनसरी र इलाका प्रहरी कार्यालय दमक सहितको संयुक्त प्रहरी टोलीले घटनास्थललाई सुक्ष्म नीगरानी , प्राविधिक विश्लेषण तथा घटनास्थल वरपरको सिसी क्यामेरा फुटेजको अध्ययन एवम् विश्लेषणको क्रममा घटनामा संलग्न व्यक्तिको पहिचान गरेको जनाएको छ । मृतक तिवारी १३ गते राति ९ बजे घरबाट निस्किएर बाटोमा यताउती हिडिरहेको अवस्थामा आरोपित पण्डितसँग भेट भएको थियो । भेटपश्चात् मृतक तिवारीले  आरोपितसँग यौन प्रस्ताव राखेपछि आराेपितले मे २ प ८२३ को होण्डा साइन मोटरसाइकलमा राखेर एटिएमबाट केही रकम निकालेर नजिकै रहेको झाडी तर्फ लगेका थिए । घटनास्थलमा यौन प्रस्तावसँगै रकमको मोलमोलाइमा कुरा नमिलेपछि आरोपितले मृतक रमाको घाँटी थिचेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी वसुन्धरा खड्काले बताइन् । घटनापछि आरोपितले कोठाबाट बोरा ,प्लाष्टिकको पाइप र अर्को बीआर ३८एम ३७७८ नम्बरको अपाचे मोटरसाइकल लिएर पुनः पाइपले घाँटीमा बाधेर बोरामा हाली मोटरसाइकलमा राखेर मृतकलाइ दमक–१० स्थित सेतुमारी पुलमुनि फालिएको घटनाक्रमले देखाएको खड्काले बताइन् । घटनापछि फरार रहेका पण्डितलाई खोजतलासका क्रममा प्रहरीले बिहीबार राति ११ बजे आरोपितकै कोठाबाट नियन्त्रणमा लिइएको थियाे । आरोपितको साथबाट बिभिन्न कम्पनिको तीनथान मोवाइल , दुइवटा मोटरसाइकल,आधार कार्ड ,एटिएम फोटो समेत बरामद गरिएको थियाे ।आरोपित दमक ५ मा डेरा गरी टायल्स मिस्त्रीको काम गर्दै आइरहेको खुलेको छ । 

पक्राउ परेका पण्डितविरुद्ध जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद थप गरी जबर्जस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको एसपी खड्काले बताइन् । 

जेठ १६ गते शनिबार बिहान ११ बजे दमक–१० स्थित सेतुमारी पुलमुनि बोरामा बाँधेर रतुवा खोलामा फालेको अबस्थामा रमाको शव फेला परेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार